चलचित्रजस्तै जीवन, मेरो

जिन्दगीका पहाडहरू चढ्दै गर्दा अनेक मोडहरू घुमिदै छ, अनेक बिसौनीमा थकित उर्जालाई र आफूलाई फुलाउनु छ, बेलुनजत्रो आशालाई घोचिनबाट जोगाउनु छ। अनि फेरि, नयाँ उर्जा लिएर हिड्नु, अनगिन्ती लक्ष्यरूपी भेदन गरेर परिष्कृत बन्नुछ, आफैंमा महान् हुनुको सपना फक्राउनु छ, फुलाउनु छ, फेरि रंगाउनु छ, जीवनलाई अनेक नयाँ नयाँ रङ्गहरूले।

पाइलारूपी ब्रसहरू आशारुपी भाँडोमा चोबेर जिन्दगीका क्यानभासमा आफूलाई उतार्नु छ, सिगाँर्नु छ, अनि, तिनै आशालाई चित्रमार्फत बेचेर जीविकोपार्जन गर्नुछ।

हेरौं, भोलि के हुन्छ??

हिड्ने हो जीवनमा,
लडेपछि उठ्ने प्रयास/प्रयत्न गर्ने हो, हार सकेसम्म नस्विकार्ने हो।
तर, फेरि सोचेजस्तो त हुदैन जिन्दगीको प्रयोग।
अनेक आयामरूपी जिन्दगीमा थ्री-डी स्वरुपमा आफूलाई ढाल्न सकेँ भने, त्यो नै मेरो सफलता हुनेछ।

र,
म जिन्दगीलाई थ्री-डी फिल्ममा रुपान्तरण गर्दै थ्री-डी चश्माले हेर्न खोज्दैछु।

Leave a comment

Search