चिन्टु

प्यारी छोरी,

यो दु:खी काकाको शुभ प्यार ल,

तिमी संसारकै राम्री र प्यारी छोरी हौ। तिमी जन्मदाको पहिलो हप्ता मेरो जिन्दगीकै उत्कृष्ट क्षण हो। तिमी ठूली भएपछि काँधमा बोकेर हिड्ने र बाइकमा सानों हेल्मेट लगाएर अगाडि राखेर दौड़ने ठूलोधोको छ। न्वारानपछाडी तिमी मावला गएपछि मलाई शून्यताले छोपिरह्यो। तिम्रो मुस्कान मेरा मन मगजभर आइरहे अनवरत।

Advertisements

मागी र भागी प्रेमविवाह अनि जीवन

“मन परेको जुत्ता पो जुत्ता,नभए खाली खुट्टै ठीक”
रंगकर्मी निर्देशक रामबाबु गुरुङको उत्कृष्ट उत्पादन ‘कबड्डी’मा नायक दयाहाङ राईले बोलेको यो संवादले सर्वाधिक मन छोयो,मेरो,गतवर्ष।
यसो हेर्दा परम्परागत उखान ‘खुट्टा भए जुत्ता कति कति’को जवाफजस्तो देखिएपनि गहिरिएर भाव बुझ्ने हो भने, मन पराएको र मन परेको माया नपाए त्यसको पूर्ति वैकल्पिक मायाले दिनसक्दैन्।आफुले चाहेको मान्छे वा माया नपाएकाले आवेगमा गर्ने जिन्दगीको त्रासद अन्त्य,केवल क्रुर ठट्टामात्र हुनसक्दैन्।
होला,रुपवान् मायाले मन बुझ्ला,विगत बिर्सिएला;तर त्यो असाध्यै क्षणिक र आत्मघाती कदम हो जस्तो मलाई लाग्छ।
मन पराएर माया गाँस्नु अनि विवाह गर्नु र मागी विवाहपछि प्रीति बस्नुमा धेरै फरक छ,जति शब्दमा छ,सायद शब्दभन्दा पनि अझ् धेरै।
भावना बुझेर पारिवारिक बन्धनमा बाँधिनु(प्रेम विवाह) र परिवार बुझेर जिन्दगी गुडाउनु(मागी विवाह) फरक कुरा हो।
भावना मिलेर बस्ने प्रेममा सँगसँगै बाँच्ने र जिन्दगीको रथ नछुट्टिकन हाँक्ने अनि एकअर्काको लागि बलिदान दिन पछि नपर्ने कसम खाइएको हुन्छ।
त्यस्तो अगाध मायामा बिछोड आइहाल्छ नि,कुनैबेला,दुनियाँको आँखा लागेको प्रेममा।
तर,आपसमा आउने सानातिना असमझदारीबाट सिर्जित विश्वासरुपी खाल्डाखुल्डी पुर्न असक्षम परिस्थितिको नतिजा हो, बिछोड,वियोग अनि बिलौना।
विवाहअघि दुई मनको मिलनलाई बोझ ठान्नेहरू आफैंमा धरतीका यौटा बोझका सुन्दर नमूना हुन्।
किनकी, मनै त हो,माया र भावना साटफेर गर्न जहिल्यै तल्लीन हुन्छ।

हुनसक्छ,कुनैबेला मलाई मागी विवाहले अँगाल्न पनि सक्ला, भागी विवाहले पनि।
जे पनि सम्भव हुनसक्छ।
र, मैले हतारोमा (सायद) अँगाल्ने विवाहले मलाई रुवाउला वा हसाँउला।
हाँसेर बाँच्ने प्रयास गर्नेछु।
र,
म मागी विवाहको पक्षपोषण गर्नेछु भलै प्रेमविवाह गर्ने मन भएपनि।

सुनसान गाउँ,उसिनिएको मन

अचेल गाउँ सुनसान देखिन्छ।छन त सबथोक छ,घर छ,खेतबारी छ,जङ्गल छ,चराचुरुङ्गी छन्।तर, केवल निर्जन र निर्जीव शान्ति,सुनसान,कोसौं टाढाको खोला सुसाएको र टाढाटाढा बच्चा निदाओस् भनेर आमाले गाउने लोरीबाहेक केही नसुनिने।हैट!! मैले यस्तो मूर्दा शान्ति पहिले नदेखेकोले हुनसक्छ,यस्तो उकुसमुकुस भएको,मन आत्तिएको।शहरमा बजेट घाटामा नजाओस् भन्नका खातिर बिप्रेषण(रेमिट्यान्स)को मज्जाले समर्थन गर्नाको परिणाम होला,सायद।

सशस्त्र युद्ध (माओवादीको भाषामा जनयुद्ध) देखेभोगेपनि,त्यसको ज्वालाले,झिल्कोले पिल्सिएपनि मेरो गाउँ भरिपूर्ण थियो,आफन्तजन टनाटन हुन्थे,प्रत्येकदिन मेला लागेजस्तो देखिन्थ्यो।पैसारुपी धनको दु:ख त थियो।
तर, थियो मन,खुसी,आपसको प्रेम,सद्भाव अनि मज्जाको मेलमिलाप।
क्या गज्जब !!
तर,सबैलाई सबथोकले त पुग्दैन् भने,केहीथोकले कसरी पो पुग्ला र!
र,सहज जीवन,अझ् सरल जीवनशैलीको नाउँमा मेरा गाउलेहरूले सहज बहिर्गमन रोजे,बसाइँसराइ र विदेश।स्वदेशमा थालसम्म नमाझ्ने गाउलेहरू परदेशमा डेक्ची र कराई बिनाहिचकिचाहट माझ्न तल्लीन भए।उनिहरुले स्वदेशमा पठाएको पैसाले मोहनी लगाएर क्रमशः अन्य गाउलेहरू उतै तानिन थाले।परिणामस्वरूप आज,नेपाल विश्व मानचित्रमा अग्रपंक्तिमा देखिन थालेको छ,मानव संसाधन निर्यात र रेमिट्यान्स भित्र्याउनेमा।
तर,
मन भाँचिएको,कुँडिएको; मुटु बिछोडिएको,टुक्रिएको; तथा कतिको घरबारै तोडिएको अनि गाउँहरू उजाडिएको देखेर पनि नदेखेझैं,बाक्लो सिसा भएको,सुनको फ्रेमरूपी चस्मा लगाएर बसेको छ, मेरो सरकार, नेपाल सरकार।
धन्य, वाह सरकार!!
हजुरको जय होस्।
किनकी,यो तिमी एक्लैले सुल्झाउन सक्दैनौ।

यसलाई नेगेटिभ आँखाबाट हेर्न पनि पाइन्छ,पोजेटिभ आँखाबाट पनि।
विदेशिएकाले एकसरो लगाउनेलाई बाक्ला लुगाको खातमा पुर्यायो, हुँदा खानेहरू हुनेखाने वर्गमा वर्गीकृत हुन र प्रभुत्व वर्गमा गनिन थाले।
तर,गाउँमा पहिलेजस्तो सद्भाव र मेलमिलाप अनि राम्रा र खुसीका गीतहरू नगुञ्जिएको भने पक्कै हो।

मनमोहक संगीत

बिटल्स होस् वा रोलिङ स्टोन,
मेटालिका वा मेगाडेथ,
निर्भाणा होस् वा डिप पर्पल,
अथवा लिङ्किन पार्क,
वा ग्रिन डे,

गीतसंगीत प्रायः सबै ब्याण्डको सुन्छु

सबै खालका गीत मन पन पर्छन्
एकाधबाहेक।
तर,बिथोबियन र मोजार्टका धुनहरू सुन्नुपर्छ,
एकान्तमा,
आँसु झरेको पत्तो हुदैन्।
किन त??
उनिहरूले भोगेको दु:खलाई धुन भरे,
जीवन दिए,संगीतको।
बिथोबियन र मोजार्टबिना संसार चलेको झण्डै डेढ शताब्दीबढि भइसक्यो।
तर,
बिथोबियन र मोजार्टलाई संगीतमा टक्कर दिने अर्को नाम भेटिएको छैन् जस्तो लाग्छ।
महान् संगीतकार मोजार्टले कानको समस्याले गर्दा आफ्ना उत्कृष्ट उत्कृष्ट सृजना सुन्न पनि पाएनन्।
कम्ता पिडादायी समय(कालखण्ड) वा क्षणबाट गुज्रिएनन् होला,
यौटा कलाकारलाई आफ्नो कलाकारिताको ‘फिडब्याक’ देख्न नपाउँदा,
विचरा मोजार्ट,
यी शब्द कोर्दा मेरै त परेली भिजे भने,
धन्य मोजार्ट।

अझ् गरिबीले जर्जर बिथोबियनलाई पिडादायी गीतले मल्हम पटक्कै लगाएन्।
तर,
यौटा कुरा भने पक्कै हो,
विश्वसंगीतमा आफ्ना पुर्खाको नाम अझैसम्म चम्किलो देखेर बिथोबियन र मोजार्टका सन्तानहरूका शीर पक्कैपनि ठाडो हुनेछ।
र,
उनिहरूले बिथोबियन र मोजार्टको गुणगान गाउँदा स्वर्गबाट मोजार्ट र बिथोबियन मुस्काउँदा हुन्
चराजस्तै चिरबिर गरेर,
मधुर रूपमा।