​”चकलेट = प्रेम”

*यात्रा*

जिन्दगीभर गोरेटोरुपी बाटोमा दौडिरहनुपर्ने मानिसको

चोलामा कहिलेकाहीँ मनले चाहेजस्तै भइदिन्छ, लामो यात्रा

छोटो भएको भान पार्ने असल मित्र भेटिएर।

यस्तैमा श्रावणको एक दिन, निर्जन,चिप्लो,अप्ठ्यारो र

अनकन्टार बाटोको लागि ऊ साथी बनेकी थिई।

के थाहा, ऊ जीवनभरकै लागि (सह) यात्री पो बनेकी थिई कि ??

*गन्तव्य*
लगातार तीन घण्टाको सहयात्रा टुङ्ग्याउने प्रयासमा उसले

चकलेट दिँदै सँगै जाने प्रस्ताव राखी। तर, उसको गन्तव्य मेरो

गन्तव्य थिएन। मन लागि नलागि उसलाई चाँडै भेट्ने, सम्पर्कमा रहिरहने र एकअर्कालाई नबिर्सने वाचा गरेर हात मिलायौं। उसका हात नरम,नसा नर्भस थिए, औं उस्तै मेरा पनि।

त्यसपछि हामी छुट्टियौं।

ऊ उतै बसी, म यता आएँ, आ-आफ्ना सपनाका गन्तव्यतर्फ।

*बाडुल्की*
अचेल सम्झनाको संकेत दिने बाडुल्की लगातार बढिरहेको छ, दिनैन्दिन।

‘कसले सम्झन्छ र मलाई !!’ भनेर पहिला त म यस्ता कुरालाई वास्ता गर्थिनँ। तर उसलाई भेटेपछि उसकै यादले सताउन थालेको छ,ती तीनघण्टे सहयात्राका प्रत्येक शब्दहरू कानमा गुन्जन थालेका छन्

र म एक्लै मुस्काउन थालेको छु।

एवंरीतले उसलाई पनि यस्तै परेको होला।

वा,

नहुनपनि सक्छ।

*बाटो*
आफ्नो जन्मस्थल पुर्ख्यौली गाउँबाट फर्केको म, छोटो बाटो

अप्ठ्यारो भएकाले लामो बाटोबाट यात्रारत थिएँ। यौटा

धारामा पानी पिउन (खासमा पानी खान) लाग्दा मैले एकजना दाइलाई भेटेको थिएँ, र सोधेथें ‘पानी पिउन योग्य छ?’

सकारात्मक जवाफले पिएथें,धित मरुन्जेल।

त्यो दाइ उसकै दाजु थियो। जुन मैले यात्रा बिट मार्ने बखत थाहा पाएँ।

र,उसको दाजु र मेरो बुवा एकअर्कामा पूर्ण परिचित भएकाले

दाजुकै प्रस्तावमा मलाई ऊ(बहिनी) सँग यात्रा गर्न जुरेको

थियो।

के थाहा, त्यो यात्रा जिन्दगीको यौटा सुरुवात पो थियोे

कि ??

*कथा*
जीवन भोग्दै जाँदा अनेकन कथा बुनिदोँरहेछ।

यात्रारत रहँदा हामीबीच थुप्रै शीर्षकमा बातचित भए।

खासमा, म रिजर्भ टाइपको,ऊ पनि उस्तै।

तर,उसका प्रत्येक सवालको जवाफ दिँदै जाँदा मलाई ऊ मन पर्न थालेकी थिई।

र, उसले प्रत्येक कथा सुनाउँदा म उसको कथामा आफू

प्रतिबिम्बित भएको देख्थें।

उसको र मेरो प्रायः सबै कथा उस्तै उस्तै थिए, केही भागभंगिमा बाहेक।

कथाको साटफेर गरिरहँदा, हाम्रो भेट भगवानले जुराइदिएको

जस्तै लाग्यो मलाई।

*बस*
थोरै सार्वजनिक सवारीसाधन र धेरै यात्रुबीच ऊ र म यौटै सिटमा

बसेर यात्रा गर्नु असम्भव थियो,पुर्ण असम्भव:।

ऊ क्याबिनमा बसेर जाने भई, म लागें,उसका आँखाले नदेख्ने

ठाउँमा,छतमा।

छतमा अनेकौं मान्छेका भेज-ननभेज कुरा सुनिरहँदा मेरो मन भने

उसतिरै थियो।

अघि हिडेको बाटो,मैले पछ्याएको उसका पाइला,उसका कुरा…

मेरो मन ऊ बाहेक अरू सोच्नै नसक्ने पो भएछ क्यार !!

सायद, यो अस्थायी भएर पो हो की ??

वा, के यो माया हो ??!!??

*सम्बन्ध*
कुनैकुनै सम्बन्ध हिड्दाहिड्दै जुरेका हुन्छन्।

त्यसैबाट माया,प्रेम,सद्भाव फुरेका हुन्छन्।

प्रायः सम्बन्धबाट अनभिज्ञ र दूर रहने मलाई, उसँग भने सम्बन्ध गाँसुगाँसु लाग्यो।

अघिनै भनेझैं,

“हामी एकअर्काका लागि बनेका थियौं कि !!”

हाम्रो नवीनतम् सम्बन्ध उसले चिनोस्वरुप दिएको उपहारजस्तै गुलियो बनाउन चाहें।

थाहा छैन् उसले मलाई कुनरुपमा लिएकी छे ??

तर,

मेरा मनमा अगाध मायाका करोडौं छालहरू छचल्किएका छन्

उसप्रति।

*रिमेक*
पोखरेली युवा गजलकार शितल गिरीले रचेको र गायक प्रमोद खरेलले स्वर भरेको गीतलाई रिमेक गरेर गाउन थालेको छु

“म बिना कसैकसैलाई मुस्किल छ दोलखामा…

म छु आज धेरै टाढा,मेरो दिल छ दोलखामा…”

र,

*चकलेट*
उसले मप्रति कस्तो धारणा राखेकी छ, मलाई थाहा छैन्।

तर उसका मनमा पक्कैपनि प्रेम र माया छल्किएको अनुमान गर्न

चाहें।

उसले दिएको (मायाको?!!) चिनो चकलेट, म प्रत्येकचोटी हातमा लिन्छु र उसको मुहार यसैमा झल्किएको देख्छु।

चकलेट गुलियो छ, उजस्तै।

तर, मैले लाख कोसिसका बाबजुद चकलेट खान सकिरहेको छैन्।

पहिलो मायाको चिनो किन मेट्नु भनेर नि… !!

*मेरो कुरो*
(यी आख्यानहरू मेरा कल्पनाका उपज हुन्।

कसैसँग मेल खान गएमा यौटा मीठो संयोगमात्र हुनेछ।)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s