भाव : (२०७१)

कलेज :-

स्नातक पढ्दा यस्तो कुनै हप्ता आएन्

जुन हप्ता म कक्षा सुरु हुनुअगावै कलेज पुगेको होस्।

हप्ताको तीन दिन प्रायः म ‘मे आइ कम इन सर?’ भन्दै

प्रवेश गर्छु।

बाँकी दुई दिन अघिल्ला दिनको गालीले छिट्टै पुग्छु र

अन्तिम दिन धेरै ढिलो भएर बाहिरै बस्छु।

आज :-

छिट्टै उठेपनि घरको सामान्य धन्दापात गर्दागर्दै साँढे छ

बजिसकेथ्यो,कलेज

भ्याउनुपर्ने सातबजे।

यस्तोमा तुफान नदौडी धरै थिएन्।

तर फुटबल खेल्दा खुट्टामा सानो चोट भएकाले ‘पढाईसढाई

भाँडमा जाओस्’

भन्दै विस्तारै जाँदैथिएँ।

कलेज पुग्न पाँच मिनेट बाँकी हुँदा सात बजिसकेथ्यो।

रोड क्रस गर्न जेब्राक्रसतिर

डोहोरिदा आँखा अघिल्लो पैदलयात्रीमा परे,जसबारे म

पूर्णरूपमा अनभिज्ञ थिइनँ,अहँ पटक्कै।

उनी अर्थात् अघिल्लो पैदलयात्रीलाई म विगत दुई

वर्षदेखि देख्दै आएको थिएँ,

भलै भलाकुसारी भएको थिएन् अझैपनि।

उहीँ अनुहार,उहीँ जिउडाल,

उहीँ डरमिश्रित लज्जालु स्वभावलाई मैले पछ्याउँदै

गएँ,लुकामारी खेलेझैं।

कलेज पुग्नै लाग्दा फरक बाटोबाट हिडेका हाम्रो जम्काभेट

भयो,गेटैमा।

आँखामा झट्का दिएर।

आश्चर्य र स्तब्ध हुने पालो दुवैको थियो,भइयो।

अनि उनी लागिन् ल्याबतिर,म कक्षाकोठातिर।

तर,

दिनभर उनकै मुहारले सताइरह्यो,याद बनी।

दुई वर्षअघि :-

नयाँ आएका भाईबहिनीको स्वागतार्थ “वेलकम प्रोग्राम

२०६९” मा मैले अरू सातजनाको हुलमा उनलाई देखेथें,पहिलोपटक।

कुनैबेला भीडमा यौटा मुहारलेमात्र आकर्षित गर्छ,

त्यै आकर्षणले तानिरहन्छ,गुरुत्वाकर्षणले तानेझैं।

त्यो मुहार अचाक्ली सुन्दर त थिएन्

तर सुन्दरताको लेसमा कुनै कमि थिएन्।

उनिसँग हल्का आँखा क्रश गरेर मुटुमा राँको बालिएकै हो,उसबेला।

तर, ठ्याक्कै आजकै दिन म उनको पिछा गर्दै रहेछु।

घरनजिकै उनलाई पछ्याउँदै कसरी बाटो तताइसकेछु,आज

सम्झिदाँ उदेक,अवाक र प्रफुल्ल हुन्छु म।

करीब एक महिनासम्मको लुकामारी र फेस्बुकाँ नाउँ

सर्चेर एक हप्ताको पेण्डिङ बसाइपछि म आफ्नै

दुनियाँमा फर्किएँ,उनी आफ्नो दुनियाँमा।

खासमा,

मलाई यो रिलेसनसिपमा कुनै इच्छा थिएन् र छैन् अझैपनि।

तर कहिलेकाहीँ कुर्न मन लाग्दोरहेछ।

जिन्दगीमा कसैलाई आफ्नो बनाउँन मन लाग्दोरहेछ,ऊ पराइ

भएपनि।

अनि कसैको मुहार सम्झदैं मनमा मीठो अनुभूति

हुँदोरहेछ।
माया,

एकतर्फी होस् वा दुईतर्फी,

आखिर माया त माया हो।

हामी कलेजमा देखिन्थ्यौं,क्यान्टिनमा,गेटमा अनि परीक्षा

हलमा।

अझ् जाँचमा यौटै कक्षामा पर्दा मेरो अनुहार हेर्नलायकको

हुन्थ्यो,रातो।

कान तातो।

म जाँचमा पनि पन्ध्रमिनेट ढिलो पुग्ने,उनी पन्ध्रमिनेट

छिटो निस्कने।

फेरि उनी निस्केको बेला कापी हेर्नु कि उनलाई?

लेख्दालेख्दै म उनलाई कर्केनजरले देख्थें,

तर उनी लेख्नमै बिजी भएको देखाउँथिन्।

यसरी,

उनन्सत्तरी र सत्तरीका चौबीस

बहुमुल्य महिना एकअर्कालाई नजरअन्दाज गर्दैमा बितेछ।

फेरि,उनिसँग एकपटकमात्र जम्काभेट भएथ्यो,सडकमा।

बोल्न खोज्दा जिउ नै कामेर पसिना छुटेथ्यो,डर लागेथ्यो,ओठ

लर्बरिएथ्यो।

यस्तोमा आफैंलाई डरपोक ठानेर उनको नजरबाट आफूलाई

निकालें,

अनि लागें आफ्नै जिन्दगीको बाटो।
आज बेलुका :-

तर,

आज अकस्मात् उनिसँग जम्काभेट भएपछि मनको कुनामा रहेको

प्रेमांकुरित

भयो।

अबचैं उनिसँग आफ्नो फिलिङ्सबारे नधकाई कुरा गर्न सक्ने भएँ।

बेलुकी फेसबुकबाट रिक्वेस्ट हुदैँ सुरु

भएको मित्रता दह्रो हुने छाँटकाँट देखियो।

उनी पनि खुलेर कुरा गर्दिरहिछिन्।

फरक यति हो,म लेख्छु फिलिङ्स।

उनी कवितामा,पेन्टिङमा।

र,

मलाई त्यो मन पर्छ।

किनकि,

उनी मन पर्छ।

त्यो नभनेपनि होला नि !!

चार वर्षपछि :-

ठ्याक्कै आजकै दिन,

वि.सं.२०७७ फाल्गुन १५ गते तपाईंले मलाई भेट्नुभयो भने,

मेरो साथमा ऊ हाजिर हुनेछे।

तपाईका प्रत्येक जिज्ञासा माथिल्ला दाँतका पंक्तिले तल्लो

ओठलाई

हल्का टोक्दै बांगो हाँसो हाँसेर मृदुभाषी र कोकिलकण्ठ

निकाल्न।

त्यसबीच,

हामीले अन्तर्जातीय विवाह गर्न ठूलो पापड

झेल्नुपर्नेछ।

तर,

प्रेममा हामी कमजोर बन्नेछैनौं,

किनकी

अब यो प्रेम विगतको लुकामारीमात्रै रहनेछैन्।

रहनेछ त जीवनभरिको साथ।

अनि ऊ मेरो हुनेछे,

केवल मेरी,

जुनीभरीलाई।

(अँ साच्चीँ,

उसले मलाई भ्यालेन्टाइन डेको निम्तो दिएकी छे,

इलामको अन्तुडाँडाको।)
[नोट:-

यो भाव २०७१ सालमा कोरिएको थियो।]

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s