​waiting for miracle in my health…

 really poor though … 

keep in faith inside myself …

mysterious events will occurs in my life…

hope for the good health …

अतितका अनुभूति -१

पौष महिनाको अन्ततिर अत्यधिक चिसोमा दोलखाको उत्तरी विकट बेदिङमा पालमूनि बसेर म डायरीलाई केही कोरिरहेछु, नजिकैको यौटा आफ्नै एन्ड्रोइडमा पिंकको विश्वप्रसिद्ध ट्य्राजिक गीत “जस्ट गिभ मी अ रिजन…” मसँग कुनै कारणहरू छैनन् उबाट टााढिनुपर्ने।

त्यसैले हल्का मुस्काउँदै अर्को गीत बजाउँछु, अमेरिकी रक ब्यान्ड “मरुन फाइभ” का एडम लेभिङको ‘वुड यु स्टिल लभ मी द सेम…’ अर्थात् मलाई अझै तिमी उस्तै माया गर्छ्यौ त?? वर्ग विभाजनको प्रष्ट चित्र देखिने भिडियो आँखैअघि झल्किरहेछ, अश्वेत नायिका भन्छे, बिल तिर्ने पैसा कहाँबाट ल्याउँछस् हँ?? केटो भन्छ, आम् ट्राइङ म्यान, मलाई बुझ्ने कोशिश त गर.. वुड यू स्टील लभ मी द सेम… बज्दैगर्दा बेदिङस्थित म बसिरहेको पालमूनि हिउँ फुस्सफुस्स खसिरहेछ, सँगैको सर्भेयर केटो भने हिउँ खेल्न कतिबेलै कुलेलाम ठोकेछ, नत्र मेरा डायरी शब्दबिहीन बन्थे होला।

एडम लेभिङपछि ल्याटिन पपका बादसाह स्पेनी इनरिक इग्लेसियस पालो पर्खनुको कुण्ठा ओकलेझैं “ह्वाई ओ ह्वाइ ओ ह्वाइ नट मी…” गाउछन्। गीतको लिरिक्सझैं “आई वाना लभ यू…” भन्दैैगर्दा म  सपनाकी नायिकालाई, वुड यु स्टिल लभ मी द सेम… ऊ बोल्दिन, लजाएर ओठलाई माथिल्ला दाँतका पंक्तिले हल्का टोक्छे।झल्यास्स ब्युँझन्छु। ओहो, मेरी सपनाकी रानी टेलर स्विफ्ट हुँदै ली ह्योरी, सेलेना गोमेज र एरिएना ग्रान्डेतिर लम्किरहेछन्।

साँच्चै समय र परिवेशका अवयवहरू कति छिटो बगिरहेछन्… ओहो !!
कोरियन ली ह्योरीको ‘जस्ट वान टेन मिनेट्स …’ सुन्दा उनलाई खुबै मन पराउथें। भाषा नबुझीकनै कोरियन पेज र साइट सर्फ गर्थें त्यो बेला। जब डेमी लोभाटो ‘रियल्ली डन्ट केयर…’ भन्दै मनमा बसिन् त्यसपछि अंग्रेज डिभाहरू दिलमा सजिन थाले, टेलर स्वीफ्ट, एली गौल्डिङ, एरियना ग्रान्डे, एडेल बनेर।
एडेलको ‘आइ सेट फायर टु द रेन…’ सुनेपछि लाग्छ बिछोडको घाउ सबैलाई आफ्नो बढी लाग्छ।अझ् उनको रेकर्ड ब्रेकर “हेल्लो…” सुन्दा पानीमा भिज्ने हिरो हेर्दै चिसोले ज्यानमा कतिबेलै काँडा उम्रन्छन् पत्तै हुन्न।

हिट भएको आधा दशक नपुग्दै प्रमुख गायक बन स्कटलाई गुमाएको अष्ट्रेलियन ब्यान्ड “एसी-डिसी” बज्छ ब्याक इन ब्ल्याक बनेर। चिच्याउछु लुक इन ग्रे…

ex

exactly eleven months passed what we have to be carried on… but unfortunately the way can’t be approached…its my fault…sorry
last night, I saw you on my dream,for the first time,your way is better,my ways won’t…however, I express my gratitude to you & your family
reeling on the past,I made a series of blunder mistakes,my fate misguide me from you, it’s written.

sorry for all sequence & the consequence