heart vacancy 1.01

And,
she flirts me again…

January second week,
I was in the premise of Sanima Bank,when I first glare her. Big eyes, pale face … so beautiful girl…I was just seeking her that my eyebrows barely blink.
she seems anger but actually she wasn’t !!

That was my first bank account from first income.
So, I was just opposite of her, she provided me a form to fill up. I asked every question because to keep conversation alive as well as to listen melodious words…

I thought she was boredom on the talk, but she kept her laugh n laugh…smile …

and at last, I was standing in front of her,seems looking to the form,but stole her face,beautiful face…
She found the truth and flirts me “Kiranji,any question ??”

“No, Dear”….

hand writings of Kiran

म, भकभके

“तिमी भकभके हौ ?”

उसले सिधै म्यासेज पठाई।

तर म भकभके थिइनँ। म खासमा, केटीसँग बोल्न नजान्ने व्यक्ति थिएँ, जसलाई उसले गलत अर्थ लगाई।

ऊ,
केही दिनदेखि मेरो फेसबुकमा म्यासेज गर्ने शुभचिन्तक बनेकी थिई। र, शब्दमा जिस्कदाजिस्कदै हाम्रो (अव्यक्त) प्रेम आवाजसम्म पुग्न खोजेको थियो।

अनायासै मैले उसको नम्बर लगाएँ, कोरियन लवजमा बोली मोरी।
सानो तर सुरिलो स्वरकी धनीले धोद्रो र बाक्लो अनि डरमिश्रित आवाज एक झड्कामै भकभके बुझिछे।

चिनजानका साथीको माझ गफाडीको पहिचान बनाएपनि म खासमा केटीअघि म्युट नै हुँ, अथवा म बोली नभएको लाटो लाग्दछु।

hand writings of Kiran

ऊ अर्थात् …

काममा जाँदा मैले उसलाई अर्कोतिर उभिएर साइट हेरिरहेको देखें। म उसकै नजिकबाट गई उसको अपोजिटमा साइट हेर्न लागें। मैले उसलाई नदेखेझैं गरिदिएँ, ताकी उसलाई मप्रति घृणा जागोस्। तर मेरो ध्यान उसमै थियो। उसलाई लुकिलुकी मैले नजर दिइरहन्थें। ऊ मेरो बेवास्ताबाट रिसाएकी थिई। कामको जानकारी लिएर हिड्दाहिड्दै मैले त्यो एक घण्टा उसलाई बिर्सेछु। पछि ऊ उसका स्टाफमाझ थिई, तर घोरिएर बसेकी। कलेटी अनुहारमा, फुङ्ग उडेजस्तो।
वास्तवमा ऊ त्यस्ती गम्भीर थिइन्। अहँ, पटक्कै।

(खासमा, ऊ चञ्चले थिई र बारम्बार आफ्नो निधार हल्लाउँदै कपाल मिलाउथी, सो मलाई मन पर्थ्यो, किनकि त्यसो गर्दा ऊ असाध्यै सुन्दरी देखिन्थी।)

म उसका टोलीसँग गफिन थालें, ऊ मेरा गफप्रति बेवास्ता गरेजस्तो देखाउदै थिई, रमाइलो कुरामा पनि गम्भीर मुहार लगाएर। मैले पटकपटक उसको अनुहार चोरिरहें, एकपटक अकस्मात् पक्राउ परें, आँखा जुँधे, चश्मा निधारले हल्लाउँदै उसलाई इशाराले हाईहेल्लो गरें।

अनि बल्ल ऊ मुस्काई।

के त्यो माया थियो ??
….

हिजै त देखेको, भेटेको र गफ लगाएको थिएँ, मैले उसँग…

hand writings of Kiran