धरहरा अघिल्तिर उभिएर

image

सायदै धरहरालाई म जन्मेको थाहा नहोला।
या, उसलाई मैले टेकेको ज्ञात नहोला।

तर,
म धरहराप्रति सधैं आशक्त रहें।
चाहे, त्यो भीमसेन स्तम्भ होस् या नौ तले धरहरा
जहाँबाट सिंगो काठमाडौं उपत्यका देखिन्थ्यो।
अथवा,
अव्यवस्थित र गरीब काठमाडौं हेर्न राजादेखि रङ्कले धरहराको बुई चढ्थे।

इतिहासका पाना पल्टाएर हेर्दा,
धरहरा सधैं सिंगो, सद्दे र सेतो देखिन्थ्यो।
उसका दागहरू कहिल्यै चम्किएनन्।

नेम र फेमभित्र धरहरा सधैं उँचो रह्यो।

इतिहासका विरासत थाम्न भीमसेन स्तम्भ उर्फ धरहरालाई हम्मेहम्मे पर्दैछ।
किनकि, यो अब हाम्रा भैंसी चराउन शैलुङ पुग्ने बाजेले सय थुम्का डाँडाबाट देखिने धरहरा रहेन्।
जसलाई बादल लागेको दिन “ब्याडलक” ठान्दै हामी चुकचुकाउने गर्थ्यौं, धरहराको दर्शन नपाएर।

तर,
बैशाख १२ को त्यो विनाशकारी प्रलयवान् भुँइचालोले धरहरालाई केवल भग्नावशेषमा सीमित गरिदियो।

बिहानैको दौडले सुन्धारालाई फन्को मारेर
आकाशतिर हेर्दा
न तिमी देखिन्थ्यौ,
न देखिने छनक देखाउथ्यौ।
केवल,
भाँचिएको आधा तलालाई आफ्नो गौरव बनाउँदै
मुस्काइरहेथ्यौ, अनवरत…

तर,
त्यस्तो थिइनौ तिमी।
अँह बिल्कुलै।
केवल तिमी धरहरा हुनुको अर्थ खोलिरहेथ्यौ।

तिमीलाई पनि थाहा रहेछ धरहरा,
त्यसैले त तिमी आफ्नो शिरच्छेदन गरेरपनि
शिरै देखाइ उभिएकी छ्यौ।

त्यै भग्नावशेषभित्र मैले सिंगो धरहरा खोजिरहें।
भीमसेन थापाका बहादुरीपूर्ण वीरता र गौरवगाथा पल्टाइरहें …
रातभर…
दिनभर…

सायद, भीमसेन थापाजस्तै धरहराले पनि
त्रासद र दु:खद अन्त्यको नियति भोग्नुपर्यो।

तरैपनि, धरहरा कहिल्यै ओर्लनेछैन् आफ्नो त्यो नौ तले उचाईबाट…

hand writings of Kiran

ex 1.0.0.1

अनायासै तिम्रो याद आयो र प्रिय, यी भावना कोर्न चाहें।

तिमी आयौ र गयौ,
मुटुभित्र मायाको दीप जलाएर धड्कनरुपी स्पन्दनभित्र,
हरक्षण तिम्रै नाउँ जपिरहें, भुल भयो र प्रिय

सपनाजस्तै माया देखायौ र आफैं हरायौ, के बिराएँ र प्रिय
तिम्रै प्रतिक्षामा, काटिरहें चिसा रातहरू,
भिजाएँ सिरानी, टुटाई दिल,
बोलिदेऊ न प्रिय,
मैले कुन बाटो बिराएँ ??

रेष्टुराँमा पिइने कफीले, कहाँ न्यानोपन मेटाउछ र ??
तिमी कफी बनी आयौ, म वाफमा उडिरहें
थाम्यौ हात, कसायौ आलिङ्गन,अनि छाड्यौ
म त साथ चाहन्छु जीवनभरिको,
“सो पिस” होइन प्रिय।

नजानिदो बाटोबाट प्रेम रोपिदियौ,
सारिदियौ माया, गोडमेल गरेर
हात थाम्न चाह्यौ, जलन बनाएर
प्यासी बनाई गयौ, प्यारको ज्वारभाटा चलाएर
तड्पाईदियौ अनायासै, गुलिया सपनाका पत्रले…

मैले विश्वास गरेथें तिमीलाई, माया मेरो व्यर्थै भैगो
समर्पणको कसमले, तन मन जीवन धुलोसरी उडाइदियो …

हो प्रिय, म गलत थिएँ।
मैले चोखो प्यार गरेर भूल गरें।
तिमीलाई चाहेर भूल गरें।
तिम्रो बाटो ढुकेर नराम्रो गरें।

भूल भए क्षमा गर ल प्रिय !!

hand writings of Kiran