आई लभ काठमाडुं …

हिजो
मैले सोच्याँ थिएँ,अब मेरा कठिन दिनहरू सुरु भए।
म कसैको भरमा हिड्नुपर्ने भो…
मलाई सबैभन्दा घृणा लाग्ने ठाउँ हस्पिटललाई मेरो संसार बनाउनुपर्ने भो।अनि त्यो बैशाखीसँग मीत लगाउनुपर्ने भो।

आज
सदाझैं आज चार बजे ब्यूँझदा मलाई अचम्म लाग्यो,ज्यान नदुखेकोमा।
घुँडा छामें, क्यै भा’छैन् जस्तै लाग्न थाल्यो।
म अझै सपनीमा त थिइनँ ??
खासमा म आज राजधानीको कुनै अस्पतालको इमर्जेन्सी वार्डमा मास्कलाई श्वास हालेर डङ्ग्रङ्ग मुढोझैं लडिरहेको हुनुपर्ने थियो।
तर मैले मेडिकल भाषाको मिराकल धेरैपल्ट पाएको छु।
र,यसपल्ट पनि भाग्य ज्वाज्वल्यमान थियो।

फेरि हिजो, मध्यान्ह
राजधानीको व्यस्त एक चोकमा मसँग यौटा दुईपाङ्ग्रे नराम्रोसँग जोरी खोज्न आइपुग्यो।

सायद शून्य दशमलव शून्य शून्य दुई सेकेन्डको नि ठूलो महत्त्व हुनेरहेछ जिन्दगीमा।
र त म उक्त मितेरी साइनोको चौबीस घण्टाभित्र जस्ताको तस्तै थिएँ।
तर त्यो मितेरी साइनोमा मेरो गल्ती थियो वा बाइकवालाको ?? मैले छुट्याउनै सकिनँ।

हुनसक्छ, मेरै गल्ती थियो।
किनकी म जेब्राक्रसबाट बाटो काटिरहेको थिएँ, र मैले हातले इशारा गरेर गति सीमित पार्न अनुरोध गरिरहेको थिएँ।
नेपाल यस्तो देश हो, जहाँ मजस्ता लाखौं लाटोका आवाज, अनुरोध र आग्रह निर्ममतापूर्वक दबाइन्छ, बहिरो सरकारबाट, न्याय दिनुपर्ने ठाउँबाट।
अनि फेरि अचेलका लफंगा ठिटाहरुको फेसनरुपी हतारोको नराम्रो शिकार भएको थिएँ म।

उताबाट तीव्रगतिमा हाँकिएको त्यो रातो पल्सर २२० सीसीले मलाई चुस्स चुम्बन गर्यो,मेरो घुँडामा। मलाई नराम्ररी डर लागेछ क्यार,ज्यान भिजेछ पसिनाले।
वरपरका मनुवाहरू मेरो प्रतिक्रिया हेरिरहेका थिए,टुलुटुलु।
र म, म चुपचाप आफ्नै बाटो लागें, बौलाहाजसरी कराएर बहिरोलाई आफ्नो करोड रुपैयाँको बोली नि के सुनाउनु !!

घर पुर्‍याउन आयो चक्रपथबाट कान्तिपुर यातायात। ओर्लेर बाटो लागें लुरुलुरु।
लर्ड वायरनको जस्तो हिडाई देख्नेहरू मुस्काउथे कुटीलरुपमा। मलाई दुनियाँको बाल थिएन्। न हिजो थियो,न आज छ,न त भोलि हुनेछ यो दुनियाँको वास्ता।
छुँ मतलब !!
हु केयर्स !!

घर पुगेसी त्यो टाइट पाइन्ट बल गरेर फुकाल्दा देखें, घुँडाको पाङ्ग्रैमा रगत ओभाएको, कालो बनेको तीन इञ्चको घाउ। नभएको रगत नि बाइकवालाले चुसेछ, जुकासरी।
अनि यौटा निष्कर्षमा पुगें,
राजधानी काठमाडौं उपत्यकामा अधिकांश जुकाहरुले सवारी हाँक्छन्।
;););)😈😈😈

बेलुका हनहनती ज्वरो आयो, बालाई सुनाउँ जस्तो लाग्याथ्यो।
जाबो बाइक इन्काउन्टर नि के सुनाउनु !! भनेर म्युट रहें।
खाना पकाउँदा र भाँडा माझ्दा त टुलको सहायता लिएँ।
भोलि सिंगै थियो।

भोलि
भोलि उठ्दा उज्यालोले सूर्यको किरणसँग मितेरी गाँसेर काठमाडौं उपत्यकामा लाली छरेथ्यो,मनमोहक।
काठमाडौं आजसम्मकै सुन्दर देखिन्थ्यो।
सायद उसलाई नि डर थियो होला, मेरो चोटको।
💕💞💘

र,
फेरि म साविककै दैनिकीमा फर्किएँ, त्यो चमत्कारपछि पूनर्जीवन पाएर।

तर यौटा सन्देश भने दिएर गयो,
सातपल्ट लड्दा आठपल्ट उठ्नुपर्छ भनेर…
जापानी उखान सिकाएर…

आई लभ यु काठमाडौं 💕💞💘

image

-किरण कार्की।

Posted from WordPress for Android

मलाई माफ गरिदेऊ मेरा लोभी नजर कहिं कसैमा डुबेछ भने…

डियर,
थाहै नपाई हामी यो महिनामा परिचित भयौं र एकअर्काको अभिन्न पाटोजस्तो लाग्न थालेका छौँ।
यसभन्दा अघि न मैले तिम्रो बारेमा सुनेको थिएँ न तिमीले मेरो बारेमा।
यौटा संयोगान्त हाम्रो मित्रताले नजानिदो पारामा प्रेम त कतै अंकुराइरहेको त छैन् ??

मलाई प्रेमदेखि असाध्यै डर लाग्छ।
किनकी मैले जसलाई प्रेम गर्छु माया व्यक्त गर्छु,उसले मलाई बुझ्दैन् सायद। र त्यागिदिन्छ।

हुनसक्छ, म प्रेम गर्न जान्दिनँ।
तर यसको अर्थ यो होइन कि मभित्र माया भन्ने जिनिस नै छैन्।
म अरुजस्तै आम मान्छे हुँ,जो दु:खमा रुन्छ,सुखमा रमाउँछ।

मैले धेरैसँग प्रेम गर्न चाहें, व्यक्त गरें मेरा मनका चाहनाहरू।
तर राम्रोसँग मैले अ-व्यक्त गर्न सकिनछु।
र त म हालसम्म लामो सम्बन्धबाट बिमुख छु।
मैले धेरैलाई मनमा सजाएको छु औं एवंरीतले धेरै प्रेमिकालाई एकतर्फी प्रेमबाट ब्रेकअप पनि दिएको छु।

म प्रेमलाई यौटा चुलीमा पुर्‍याउन चाहन्छु तर मेरा अघोषित प्रेमिकाहरू मबाट अनेकथरी आश गर्छन् र मबाट अकारण निराश हुँदै सम्बन्धबाट बाहिरिन्छन्।
त्यो मेरो समस्या होइन उनिहरुको हो, र यसमा मैले टाउको दुखाउन जरुरी छैन्।

अब रह्यो तिम्रो र मेरो हुनसक्ने सम्बन्ध,
हामीलाई हाम्रो थरले थिचेको छ।
जातले बाँधेको छ।
र समाजले छेकेको छ।

त्यसैले प्रिय, म यो समाजसँग विद्रोह गर्न सक्तिनँ।
बरू मिल्छ भने,आफ्नो समयको सदुपयोग गर र मलाई छाडिदेऊ।
बिन्ती !!

किनकी म नारायणगोपालको यो गीत सुनेर हुर्केको हुँ
“मलाई माफ गरिदेऊ मेरा लोभी नजर कहिं कसैमा डुबेछ भने,
म त खोजीरहेछु हरेक चेहरामा,मेरी सपनाकी प्रियसी मायालु…”

-उहीं
म,
किरण कार्की।

image

Posted from WordPress for Android