सपना,भविष्यको

बोकेर मनभरी जिन्दगीका सपना,
सजाएर मीठा-गुलिया पत्रहरु,
जिन्दगीका,
आफन्तका,
परिवारका,
र,
आफ्नैपनि।
अनि हिड्नुछ परदेश,
हुनुछ बिरानो,
टाढिनुछ आफ्नैबाट,
सिर्फ मीठो भविष्य कल्पेर,
सुखद जिन्दगानी रच्ने प्रयास गर्दै।

उत्तरमा लैनचौर,
दक्षिणमा जमल,
पुर्वमा नक्साल,
पश्चिममा ठमेल,
आलोकाँचो अनि निदरुपी आँखा मिच्दै
सबेरै भालेभन्दा अघि उठेर लाइन बस्नुछ,
कल्पदैं
मीठो भविष्यको,
मीठो जिन्दगीको।

परवाह छैन् परेवारूपी चराका बिस्टाँको,
न त छ भोक न प्यास न त निद्राको,
बस एकलव्यझैं जित्नुछ पासपोर्ट,
दलाल मनाएर फकाउनुछ भिसा,
उड्नुछ सबसे सस्तो उडानमा,
अनि
बल्ल रगत-पसिना,
पसिना-रगत बगाउनुछ

घोट्नुछ आफूलाई,
योग्य पार्दै,दक्ष कामदारको ट्याँग,
चर्का घाम,आगोरुपी ज्वाला,
रापरुप अक्सिजन सकिनसकी तान्दै
….

बस,
मीठो भविष्य कल्पेर।
सुन्दर सपना सजाएर, जिन्दगीको।

Posted from WordPress for Android