मायामा कुराइ

मैले तिमीलाई म्यासेज पठाउन चाहिनँ।
अन्यथा नठाने,म तिम्रो हात माग्न आउँदा नै संसारले तिम्रो नाम मसँग जोडेर बोलाउन,गिल्ला र ईर्ष्या गर्न थालेको थियो।
हुन त म त्यस्तो नराम्रो मान्छे होइन।
तर अहिलेलाई न मसँग जागिर छ, न व्यापार।
म अहिले कमाइबिनाको मान्छे हुँ।
फेरि,अहिले नै भाग्यले तिम्रो-मेरो सम्बन्ध गाँसिएको भए,सायद हामीले दु:ख पाउनेथियौं।
हुन त परिश्रमी व्यक्ति अवश्य सफल र चुलीमा पुग्ने हुन्छ।
तर अहिलेलाई, मसँग तिमीलाई दिन न सुनका गहना थिए, न बुटिकमा बुनिएका कपडा।
केवल खोक्रो मायाले भोको पेटको आवश्यकता पूरा गर्न सक्थेन्।
तिमीसँग मेरो नाँउ नजानिदो पाराले जोडिन थालेपछि मैले कैयौंपटक आफ्नो दिमागमा भविष्यबारे गुनें,कल्पें र हिसाब गरें।
तर अझै म बच्चै लागें,व्यवहारमा फस्न।
हरकाम गरिआएकाले डराउनुपर्ने जरुरी त थिएन् तर म आफैं आदर्शबाट व्यवहारिक बन्नुपर्ने थियो र छ।
अझै एक वर्षजति म आर्थिक हिसाबले सक्षम हुदिनँ।
मैले धेरै कामपनि खोजें यसबीचमा।
तर तिम्रापनि सपना होलान् मेरोजस्तै।
त्यसैले म आफैं पछाडि फर्कन चाहें।
मायामा फसेपछि माया मार्न असम्भव छ।
तर सुन्दर भविष्यको कल्पना र मीठा सपनाका खातिर यो आवश्यक छ।

र,
प्रतीक्षा गर मेरी मायालु,
समयले कसलाई कहाँ पुर्याउछ भनेर….

Advertisements