ईखबाट पुनर्निर्माण गरौं

भुकम्प :-

गोरखा जिल्लाको विकट गाउँ बारपाकलाई केन्द्रबिन्दु बनाएर यहीँ २०७२ बैशाख १२ गते शनिबार,तदअनुसार सन् २०१५ अप्रिल २५ तारिख,मध्याह्न ११:५६ बजेको विनाशकारी महाभुकम्प जाँदा म भने मस्तसँग सुतिरहेको थिएँ।निद्रामा कसैले हल्लाएजस्तो भान भएकाले ब्युँझिदा पर्दा सँगसँगै झ्याल र पर्खाल अनि घरै हल्लिरहेको देख्दा म सपनै ठान्दोथिएँ।

तत्पश्चात ‘मेरो मेरो मेरो…मेरो’ शब्दको अनवरत जपाईले मलाई सडकसम्म पुग्न सफल बनायो।

सिस्मोमिटरमा ७.८ रेक्टर स्केल मापिएको महाभुकम्पले ऐतिहासिक धरोहर धरहरा अर्थात् भीमसेन स्तम्भ होस् वा काठमाडौं दरबार क्षेत्रका काष्ठमण्डप,बसन्तपुरको नौतले दरबार,भोटो देखाउने घर,जैशिदेवल मन्दिर,ऐतिहासिक शहर साँखु,पाटन दरबार स्क्वायर,भक्तपुर दरबार स्क्वायर कतैपनि छाडेन्।

यस्तो ठूलो महाभुकम्प संसारमै एकाधपटक गएको छ र यसले आफूसँगै ल्याएको मृत्युलाई टार्न सफल भएकोमा म लगायत सबै नेपाली धन्य हुनैपर्छ।

बैशाख बाह्र गतेयता शृङ्खलाबद्ध सयौं कम्पन महसुस गरिएको छ।र एकखाले त्रासदीको वातावरण सिर्जना गरिदिएको छ।

यसअघि नेपालमा वि.सं.१९९० माघ २ गते महाप्रलयकारी र महाविनाशकारी भुकम्पले नेपाललाई तहसनहस पारेको थियो।

उक्त भुकम्प ८.५ रेक्टर स्केलको थियो।

यसरी बैशाख १२ को भुकम्पले आफूलाई नेपालमा रेकर्ड गरिएका कम्पनमा दोस्रो स्थानम राख्न सफल भयो।

दु:खको कुरो,धनजन क्षतिको हिसाबले यो अग्रपंक्तिमा आउँनेछ।

यसअघि,बाह्रौं शताब्दीमा काठमाडौं उपत्यकामा गएको तर मापन नगरिएको महाभुकम्पले उपत्यकालाई पुरै खण्डहरमा बदलेको थियो रे,इतिहासकारहरूको भनाइमा।

उक्त भुकम्पलाई हालसम्मकै महाशक्तिशाली भुकम्प भन्नेहरू पनि छन्।

वि.सं.२०६८ असोज १ गते
दशैंकोआगमनको संकेत दिने असोज महिनाको संक्रान्तीले ६.८ रेक्टर स्केलको भुकम्पमार्फत लाखौं नेपालीको मुटुमा कम्पन दिँदा सायदैले सोचेका थिए होलान् अझै चार वर्ष अर्को भुकम्पको त्रासदी सुन्नमा लाग्नेछ भनेर।
जीवन एक पुनरावृत्ति हो।

समय अनि मान्छेका भाग्यहरू भावीले छैठौंमा लेखेको विश्वासको गर्ने म लगायत करोडौं नेपालीलाई हिमाल चढ्नुमा वबहादुरी झल्किदैन् न त हरियाली दृश्यावलोकनमा मन उस्तो पुलकित हुन्छ।
बरू प्रायः खाली खुट्टामा मापिने पहाडका अग्लाअग्ला तर डरलाग्दो भिर छिचोलेर बोकिने अजंगका घाँस अनि दाउराको भारीले पिपलमूनिको चौतारीमा टोपी वा दौराक फेरले मुहारका पसिना पुछ्दै गर्दा खुसियाली,बहादुरी र जीवनका नवरंगको प्रष्फुटन हुन्छ।

वि.सं.२०६८-६-१ ले भुकम्पबाट वचन प्रेरणा र नयाँ खालको शिक्षा त दियो।
तर रोक्न सकेन,अव्यवस्थित र नाफामुखी हाउजिङ,पहाडमा माटो र ढुङ्गाको भरले ठडिएका घररुपी सपनाहरू।
र त,
मुरलीधरका शब्द सापटी लिए भन्नुपर्दा,
उडायो सपना सबै भुकम्पले….

नेपाली:-

नेपाली दुईप्रकारका छन्।
नेपालभित्रै बस्ने र नेपालबाहिर बस्ने।
जन्मले नै नेपाली हुन् वा भाषाले नेपाली,संख्यात्मक हिसाबले झण्डै सवा तीन करोड नेपाली विश्वभर छरिएका छन्।
अचम्मलाग्दो तथ्य त के छ भने,नेपालमा बसेका बहुसंख्यक नेपाली र विदेशिएका अल्पसंख्यक नेपाली,दुवै नेपालप्रति बदोख्वाँइ गर्नमा उत्सुक छन्।
आफ्ना पुर्खाले सयौं पुस्ता नेपालमा केही गुनासो नगरि हुर्काउन सफल भए।
तर एक्काइसौं शताब्दीका नेपालीलाई दुई पुस्ता बाँच्न र बचाउन धौ धौ परिरहेछ।
र आफ्नो दैनिकी नेपालआमाप्रति घृणा गर्दै सुरु गर्छन्। हुन त,संसारमा कोही पनि पूर्ण सन्तुष्ट र सदाबहार खुसी हुनै सक्दैन।

छिमेकी तथा सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने ठूल्दाई भारतका कारण नेपालमा साँस्कृतिक विचलन आएको छ।
नुन र पेट्रोलियम पदार्थमा परनिर्भरताको फाइदा उठाउँदै नांगो हस्तक्षेप गर्नुले छिमेकीको,अझ् असल छिमेकीको परिभाषा गज्जबले दिन्छ।
फेरि हामीले हर कुरा चलिआएको बजारभाउअनुसार खरिद गरेकाले त्यस्तो विधि झुकाव र वास्ता भारतलाई दिनु उपयुक्त छैन् र नहुनसक्छ।
बरु भारत र भुकम्पकबाट ईख लिएर नेपालको पुनर्निर्माणमा जुट्नुपर्छ।

सपना त उडि छुने हो चन्द्रमा।महाकवि देवकोटाका शब्दमार्फत।
तर,
बालकृष्ण समलाई पनि मनन गर्ने कि,
‘देशभक्ति त मर्दैन् देशै चुत्थो भएपनि…’

वा मविवि शाहका शब्द,नातिकाजीको संगीत अनि महाभुकम्पको राति स्वर्गे भएका नेपालगन्जका गायक प्रेमप्रकाश मल्ललाई सुन्ने कि,’म मरेपनि मेरो देश बाँचिरहोस्…’

अझ् राष्ट्रकवि माधवप्रसाद घिमिरेका शब्दमा गायक शिशिर योगीका ‘छाडेर काम सारा,एककाम रोजिरहेछु,
यो देशमा म यौटा मानव खोजी रहेछु…’

कालिप्रसाद रिजाल,आलोकश्री र रामकृष्ण ढकालका संयोजनमा सिर्जित ‘बिहानै उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् , यी हातले सधैंसधैं नेपाल लेख्न पाइयोस्…’
वा उनै राष्ट्रकवि माधवप्रसाद घिमिरेका फूलरूपी शब्दहरू,
‘लाग्दछ मलाई रमाइलो,
मेरै पाखा पँधेपखेरो,
हिमालचुली मन्तिर पानी झर्ने पँधेरो…’ वा नातिकाजीको स्वरमा राष्ट्रकविकै, ‘नेपाली हामी रहौंला कहाँ,नेपालै नरहे…’

देश राम्रो भए न हामी राम्रो हुने हो।
त्यसको लागि हामी सारा नेपाली एकताबद्ध हुनैपर्छ र विकासको बिगुल फुकाउनुपर्छ।
आपतविपत त सबलाई आइपर्छ नि।
तर यसैलाई देश पुनर्निर्माणको राम्रो अवसरका रुपमा बदल्न सक्नुपर्छ।

नेपालीक्रिकेटका पुर्वक्याप्टेन विनोद दासका शब्द सापटी लिएर भन्ने हो भने,
‘नेता तथा देशलाई गाली गरेर नेपाल बन्दैन।’

खाँचो छ त हामी नेपालीलाई यौटै मालाको।
राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) का भावमार्फत,
सयौं थुँगा फूलका हामी,यौटै माला नेपाली,
सार्वभौम भै फैलिएका मेची महाकाली…

हाम्रो सपनाको नयाँ नेपाल हामी नेपालीले आफ्नै सामूहिक प्रयासमा मात्रै बनाउन सक्छौं।

नेपाली साच्चिकै विश्वकै बहादुर,महान् र उदाहरणीय बन्ने दिन हाम्रै प्रयासले आफ्नै आँखाले देखिनेछ।
अपेक्षा राख्दै काम गरौं।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।
जय नेपाल !!

Advertisements