अनि तिमी पछुताउनेछौ…

छोरो भोकाउला,
पकाएर नखाला,
रुँदै बस्ला,
आदि इत्यादि सम्झेर
आफ्ना तमाम इच्छाहरु मारेर
जीवनलाई असाध्यै सामान्य ढंगले चलाएर,
होटल अनि रेष्टुरेन्टको महंगो खाना नखाई
बेलुकी मासु किनेर पकाउदै
उत्सव मनाउने,
हल,डिस्कोथेग,दोहोरी नगई
नयाँ नयाँ फिल्म डिभिडीमा घरमै हेर्ने,
पन्ध्र रुप्पें कप चियाको सट्टा
घरमै लेमन टी वा ब्ल्याक कफी खुवाउने,
यस्ता पिता,
यस्ता बुवाले
छोरो ठूलो भएपछि
जाबो सय रुप्याँ नदिँदा
छोराले भन्नेछ,
‘लोभी बाबू’।
बिल्ला लाइदिनेछ,
‘कन्जुस बाबू’को।
अनि
बाबुको सहनशील हृदय
भित्रभित्रै भक्कानो फुटाउँदै हुनेछ,
ग्वाँ ग्वाँ को सट्टा सुक्क सुक्क रोदन आउँनेछ।
आफूले गरेका
तमाम त्याग अनि तपस्या
फ्ल्यासब्याक,याद बनी आउँनेछ
प्याकका पत्रझैं
एकएक गरि
उप्किदैजानेछन्।

त्यसबेला
याद
प्याजको पत्र होइन्
घाउको पाप्रो हुनेछ,
जुन उप्किएपछि रगत आएजस्तै,
मुटु छियाछिया हुनेछ।
धुजाधुजा हुनेछ मन।
चरक्क चिरिनेछ छाति।
आफ्नो अमूल्य जीवनै व्यर्थ ठान्नेछन् पिताले।
आफूले संस्कार सिकाउन नसकेकोमा
आफूलाई असफल ठान्नेछन्।
बेकार सम्झनेछन् आफूलाई।
अथवा,
अर्थहीन पिता सम्झनेछन्।

छोरा,
तिमी भने
साथीका गुलिया संगतले
बदलिँदै जानेछौ,
जिम्मेवारीबाट भाग्दै जानेछौ।
तिमी धेरै पर… पर पुग्नेछौ।
आफैंबाट हराउन खोज्नेछौ।
उता,
पिताको मन,
तिम्रा हर्कतले
टुक्रिनेछ झन् बढी।
तिमीप्रति
उहाँको माया,सद्भाव बढ्नेछ अझै।
तर,
छोरा,
तिमी त्यसबेला कुहिइसक्नेछौ,संगतले।
अर्थात्
बेला घुर्किनेछ।
त्यो समय ढीला हुनेछ।

अनि
तिमी
पछुताउनेछौ।
साच्चैं पछुताउनेछौ।
आफ्ना पिता,आफू अनि आफ्नो विगत सम्झेर।

वस,
आफू सम्झेर पछुताउनेछौ।

Advertisements

भाव

कलेज :-
स्नातक पढ्दा यस्तो कुनै हप्ता आएन्
जुन हप्ता म कक्षा सुरु हुनुअगावै कलेज पुगेको होस्।
हप्ताको तीन दिन प्रायः म ‘मे आइ कम इन सर?’ भन्दै प्रवेश गर्छु।
बाँकी दुई दिन अघिल्ला दिनको गालीले छिट्टै पुग्छु र अन्तिम दिन धेरै ढिलो भएर बाहिरै बस्छु।

आज :-
छिट्टै उठेपनि घरको सामान्य धन्दापात गर्दागर्दै साँढे छ बजिसकेथ्यो,कलेज भ्याउनुपर्ने सातबजे।
यस्तोमा तुफान नदौडी धरै थिएन्।
तर फुटबल खेल्दा खुट्टामा सानो चोट भएकाले ‘पढाईसढाई भाँडमा जाओस्’ भन्दै विस्तारै जाँदैथिएँ।
कलेज पुग्न पाँच मिनेट बाँकी हुँदा सात बजिसकेथ्यो।
रोड क्रस गर्न जेब्राक्रसतिर डोहोरिदा आँखा अघिल्लो पैदलयात्रीमा परे,जसबारे म पूर्णरूपमा अनभिज्ञ थिइनँ,अहँ पटक्कै।
उनी अर्थात् अघिल्लो पैदलयात्रीलाई म विगत दुई वर्षदेखि देख्दै आएको थिएँ,
भलै भलाकुसारी भएको थिएन् अझैपनि।
उहीँ अनुहार,उहीँ जिउडाल,
उहीँ डरमिश्रित लज्जालु स्वभावलाई मैले पछ्याउँदै गएँ,लुकामारी खेलेझैं।
कलेज पुग्नै लाग्दा फरक बाटोबाट हिडेका हाम्रो जम्काभेट भयो,गेटैमा।
आँखामा झट्का दिएर।
आश्चर्य र स्तब्ध हुने पालो दुवैको थियो,भइयो।
अनि उनी लागिन् ल्याबतिर,म कक्षाकोठातिर।
तर,
दिनभर उनकै मुहारले सताइरह्यो,याद बनी।

दुई वर्षअघि :-
नयाँ आएका भाईबहिनीको स्वागतार्थ “वेलकम प्रोग्राम २०६९” मा मैले अरू सातजनाको हुलमा उनलाई देखेथें,पहिलोपटक।
कुनैबेला भीडमा यौटा मुहारलेमात्र आकर्षित गर्छ,
त्यै आकर्षणले तानिरहन्छ,गुरुत्वाकर्षणले तानेझैं।
त्यो मुहार अचाक्ली सुन्दर त थिएन्
तर सुन्दरताको लेसमा कुनै कमि थिएन्।
उनिसँग हल्का आँखा क्रश गरेर मुटुमा राँको बालिएकै हो,उसबेला।
तर,ठ्याक्कै आजकै दिन म उनको पिछा गर्दै रहेछु।
घरनजिकै उनलाई पछ्याउँदै कसरी बाटो तताइसकेछु,आज सम्झिदाँ उदेक,अवाक र प्रफुल्ल हुन्छु म।
करीब एक महिनासम्मको लुकामारी र फेस्बुकाँ नाउँ सर्चेर एक हप्ताको पेण्डिङ बसाइपछि म आफ्नै दुनियाँमा फर्किएँ,उनी आफ्नो दुनियाँमा।
खासमा,
मलाई यो रिलेसनसिपमा कुनै इच्छा थिएन् र छैन् अझैपनि।
तर कहिलेकाहीँ कुर्न मन लाग्दोरहेछ।
जिन्दगीमा कसैलाई आफ्नो बनाउँन मन लाग्दोरहेछ,ऊ पराइ भएपनि।
अनि कसैको मुहार सम्झदैं मनमा मीठो अनुभूति
हुँदोरहेछ।
माया,
एकतर्फी होस् वा दुईतर्फी,
आखिर माया त माया हो।

हामी कलेजमा देखिन्थ्यौं,क्यान्टिनमा,गेटमा अनि परीक्षा हलमा।
अझ् जाँचमा यौटै कक्षामा पर्दा मेरो अनुहार हेर्नलायकको हुन्थ्यो,रातो।
कान तातो।
म जाँचमा पनि पन्ध्रमिनेट ढिलो पुग्ने,उनी पन्ध्रमिनेट छिटो निस्कने।
फेरि उनी निस्केको बेला कापी हेर्नु कि उनलाई?
लेख्दालेख्दै म उनलाई कर्केनजरले देख्थें,
तर उनी लेख्नमै बिजी भएको देखाउँथिन्।
यसरी,
उनन्सत्तरी र सत्तरीका चौबीस बहुमुल्य महिना एकअर्कालाई नजरअन्दाज गर्दैमा बितेछ।
फेरि,उनिसँग एकपटकमात्र जम्काभेट भएथ्यो,सडकमा।
बोल्न खोज्दा जिउ नै कामेर पसिना छुटेथ्यो,डर लागेथ्यो,ओठ लर्बरिएथ्यो।
यस्तोमा आफैंलाई डरपोक ठानेर उनको नजरबाट आफूलाई निकालें,
अनि लागें आफ्नै जिन्दगीको बाटो।

आज बेलुका :-
तर,
आज अकस्मात् उनिसँग जम्काभेट भएपछि मनको कुनामा रहेको प्रेमांकुरित भयो।
अबचैं उनिसँग आफ्नो फिलिङ्सबारे नधकाई कुरा गर्न सक्ने भएँ।
बेलुकी फेसबुकबाट रिक्वेस्ट हुदैँ सुरु भएको मित्रता दह्रो हुने छाँटकाँट देखियो।

उनी पनि खुलेर कुरा गर्दिरहिछिन्।
फरक यति हो,म लेख्छु फिलिङ्स।
उनी कवितामा,पेन्टिङमा।
र,
मलाई त्यो मन पर्छ।
किनकि,
उनी मन पर्छ।
त्यो नभनेपनि होला नि !!

दुई वर्षपछि :-
ठ्याक्कै आजकै दिन,
वि.सं.२०७३ पौष २ गते तपाईंले मलाई भेट्नुभयो भने,
मेरो साथमा ऊ हाजिर हुनेछे।
तपाईका प्रत्येक जिज्ञासा माथिल्ला दाँतका पंक्तिले तल्लो ओठलाई हल्का टोक्दै बांगो हाँसो हाँसेर मृदुभाषी र कोकिलकण्ठ निकाल्न।

त्यसबीच,
हामीले अन्तर्जातीय विवाह गर्न ठूलो पापड झेल्नुपर्नेछ।
तर,
प्रेममा हामी कमजोर बन्नेछैनौं,
किनकी
अब यो प्रेम विगतको लुकामारीमात्रै रहनेछैन्।
रहनेछ त जीवनभरिको साथ।

अनि ऊ मेरो हुनेछे,
केवल मेरी,
जुनीभरीलाई।

(अँ साच्चीँ,
उसले मलाई भ्यालेन्टाइन्सको निम्तो दिएकी छे,
इलामको अन्तुडाँडाको।)

फूल र मन
१.किन फूलको आयु काँढाको भन्दा छोटो हुन्छ?
२.किन गुलाफको बोटमा काँढालाई पन्छाएर कोमल फूल रोज्छ मान्छे?
३.राम्रो काम गर्ने र सबैको भलो चिताउने किन आफ्नो लक्ष्यबाट विचलित हुन्छन्?

यस्तै र यिनै प्रश्न मनमा घोत्लिरहे,
खोजिरहे उत्तर,
आफैंमा तर्कना गरिरहे मनले अनेक।
सायद,
यस्तो लाग्छ,
हाम्रो मन(मेरो मन) फूल हो,कोमल।
तर,
कहिलेकाहीँ बाधा र अवरोध काँढा बनेर उभिइदिन्छ,मनलाई दु:खित अनि घायल बनाइदिन्छ।

फेरि,
फूलजस्तै मनमोहक हुनु र बन्नु पनि छ।
(सुन्दर,सौम्य र भावात्मक)
आहाँ !! गुलाफ !!
कसलाई पो मन पर्दैन होला र !!
सबै आफ्नो बनाउन चाहन्छन् टिपेर,चुडेँर,लुछेर,हाँगा भाचेर।
बिचरी ऊ केही प्रतिक्रिया जनाउन्न।
किनकी, गुलाफले पिडामा हाँस्न जानेकी छे।
आफूलाई प्रयोग गरेर अरूलाई हँसाउन जानेकी छे।
त्यसैले त ऊ फूल हो।
त्यसैले त गुलाफ सबैकी प्यारी हो।

तर,
तर म,
ख्वै त फूलजस्तै सुगन्धित,सुन्दर र पवित्र बन्न सकेको??

ख्वै,
मैले खोजेको फूलको जिज्ञासामा मेरो मन,मेरो जीवन पर्छ पर्दैन्,
म आफू स्वयंलाई थाहा छैन्।

Yes,I was lost

Without chasing the dreams,that I’d dreamt on my childhood,
without carrying my Family dreams over me,
and ran away from PARENT’S planning loaded upon me,
I was,I am tilted by position,
tippling by it,
faded over it.
so
I WAS LOST.

I WAS LOST,
because everything has it’s value,
but I hadn’t.
I was useless by my born.
Anger poured upon me,
which was the most silliness.
that eroded me to frustration.

And,
I WAS LOST.

But,
now,
nowadays
I realized that
I’ve to wake.
I’ve to chase the dreams,plannings
so
I AM WAKING.
WALKING for doing something new,extraordinary .
And,
I’ve to overcome pessimistic feelings.

आफ्नै चिताबाट हेर्दा

परबाट,
यमदुत आयो,
देख्दै डरलाग्दो,
दाह्रा भिरेको,
हलोजत्रो दाँत,
भयानक,
अजीब,
लामो रातो जिब्रो
पिलपिलाउँदो आगोजस्तो।

नजिकै आएर उसले सोध्यो,
‘ओइ,जाने हो?’
डरलाई मुटुको धड्कन,
निधारका चिडचिडाहट
पसिनाले जितेर
खुट्टा कमाउँदै भन्दें,
‘लाने हो?’

जाने र लानेको लेनदेनमा
उसले मलाई जित्यो।
मुटु फुटायो मेरो,
आला रगत चिसा जिब्रोले ताप्यो,
कलेजो निल्यो,
फोक्सो चिर्यो।
अनि,
म ‘म’ रहिनँ।
जिउँदो,
बाँचेको,
जीवनको क्लेश बाँकी रहेको।

म मृत भएँ,
बिलीन भए आत्माहरु,
केवल देह छाडेर,
बिरानो देशमा उड्यो ऊ,
मेरो आत्मा लिएर।
म उडेँ उसँगै,
अर्को जुनीको खोजीमा।

यता
मेरो शरीर डङरङ्ग लडेथ्यो,
निश्वास,निस्प्राण,
धुकधुकी गुमाएर,
आस गुमाएर,
अनि,
अरुका सपनाको
मृत्यु बोकेर,
लुटेर।

वैदिक विधिपश्चात
फूल अक्षतारुपी
लाय,टिला बोक्दै,
चौबाटोमा फ्याँक्दै,
कुद्दैथे छिमेकी उर्फ आफन्त।
म,
म बाँसको दुई खाबोरुपी
खटलाई कात्रोरुपी कपडाले
बाँधिएर
कुदाइएँ,मलामीसँगै।
आफन्तका आँशुहरु,
अपेक्षाका भेलहरु,
सपनाहरू आँधी बनेर
टिलासँगै पोखिइरहे,
झरिरहे,
हत्केलारुपी मुठ्ठीबाट।

दोभानमा खडित चिताबाट
उडेका धुवाँहरू
मरेको आशा बोकेर
घुमिरहे वायुमण्डलामा,
झरीसँगै रुझिरहे,
मलामी,सपना र धुवाँ।

म भने यमदुतसँगै
आफ्नै चिता जलेको हेर्न व्यस्त थें,
मग्न थें,
आफ्ना मलामी चिन्न र गन्नमा होइन,
को आयो,को आएन् भन्दा नि
किन यतिबिघ्न आशुँको अबरोध?
किन यतिबिघ्न अपेक्षा मबाट?
म हिसाब गर्दै थें,
के
म यत्तिको लायक थें?
छु?

थुक्क म !!
म कुनैबेला
आँखाको सपना,
नानी,
परेली
सब थिएँ,
म सर्वेसर्वा थिएँ,
सपनाहरूका,
आफ्नो,अरुको।

र,
मनमा लाग्यो,
‘मैले यतिछिट्टै मृत्युवरण गर्नु नहुने’ !!