चलचित्रजस्तै जीवन, मेरो

जिन्दगीका पहाडहरू चढ्दै गर्दा अनेक मोडहरू घुमिदै छ, अनेक बिसौनीमा थकित उर्जालाई र आफूलाई फुलाउनु छ, बेलुनजत्रो आशालाई घोचिनबाट जोगाउनु छ। अनि फेरि, नयाँ उर्जा लिएर हिड्नु, अनगिन्ती लक्ष्यरूपी भेदन गरेर परिष्कृत बन्नुछ, आफैंमा महान् हुनुको सपना फक्राउनु छ, फुलाउनु छ, फेरि रंगाउनु छ, जीवनलाई अनेक नयाँ नयाँ रङ्गहरूले।

पाइलारूपी ब्रसहरू आशारुपी भाँडोमा चोबेर जिन्दगीका क्यानभासमा आफूलाई उतार्नु छ, सिगाँर्नु छ, अनि, तिनै आशालाई चित्रमार्फत बेचेर जीविकोपार्जन गर्नुछ।

हेरौं, भोलि के हुन्छ??

हिड्ने हो जीवनमा,
लडेपछि उठ्ने प्रयास/प्रयत्न गर्ने हो, हार सकेसम्म नस्विकार्ने हो।
तर, फेरि सोचेजस्तो त हुदैन जिन्दगीको प्रयोग।
अनेक आयामरूपी जिन्दगीमा थ्री-डी स्वरुपमा आफूलाई ढाल्न सकेँ भने, त्यो नै मेरो सफलता हुनेछ।

र,
म जिन्दगीलाई थ्री-डी फिल्ममा रुपान्तरण गर्दै थ्री-डी चश्माले हेर्न खोज्दैछु।

Advertisements

From Today,

From Today,
I’m going to split all of our relations.
From Today,
I’ve announced retirement from your love.
From Today,
There is no,nothing between you and me.
From Today,
Your and Mine ways are completely different.
BECAUSE,
I was completely barren on love.
I was depressed with you.
I was unable to gain my name & fame.
And,
it’s a shock for me,
& even you.
But,
it must be required,
And,
the day is coming.
And,
it’s today.

And,
let’s race with different ways.
And,
let’s Start a new life,
Of yours
and
Of mine.

ट्याक्सीको आँखा

छ-सात घण्टा चुरनिद्रामा बिलिन भएको शरीर केही क्षणको व्यायाम र चियाको चुस्कीले फुर्तिलो भएको ठानेर हरदिन नयाँ उर्जा लिएर दौडने गर्छु, यिनै थातथलोमा, पुर्ख्यौली, पुस्तौली नाम बोकेर।
हरेकदिन, प्रत्येकपल्ट, नरम कपडामूनि कडा छालाले बेरिएको मेरो खुट्टारुपी जुत्ताले अनेक पाइलाको आकार दिदै डोहोर्याउछ, यिनै परिचित स्थानहरूमा।
अनि फेरि, सडकरूपी बाटोहरू नापिदै गर्दा आफुअघि गुडिरहेको ट्याक्सीमा आफ्नो प्रतिबिम्ब हेर्न पुग्छु, अनायासै सिसामा।
आफूलाई हल्लिरहेको देख्छु, भलै म स्थिर र उभिएको छु, ट्याक्सीलाई साइड दिइरहेछु। तर,इन्जिन चलिरहेकोले होला, उसले मलाई हल्लिरहेको देखाइरहेछ। म बेचैन छु, हायलकायल छु। धत्तेरी,म चुपचाप उभिएको छु।
तर,
उसल मेरो मनलाई तनसँग तौलेर मलाई नयाँ स्वरुपमा देखाएको रहेछ।
म त्यति नबुझ्ने रहेछु !!
ट्याक्सी निर्जीव भएपनि, म जीवित भएपनि, उसको विश्लेषण कति सटिक, कति राम्रो।
थुक्क !!
म आफैंलाई धिक्कार्छु।
अनि फेरि दौडन्छु, अर्को ट्याक्सीमा आफ्नो भागभंगिमा खोज्दै।
जिन्दगीको परिभाषा ट्याक्सीको आँखाबाट पढ्न पनि।

बिछोड र म

आखिर त्यो दिनपनि आएथ्यो, मिलनको, समागमको, एकअर्काप्रति अट्याचमेन्टको। संसारमा प्राकृतिक नियमै रहेछ, लामो समयसम्म नहुनु, केही पनि। त्यस्तै मिलनपनि टुट्नै पर्थ्यो, चुडिनैपर्थ्यो।
र,
आखिर भयो पनि त्यस्तै।
जन्मिदा होस् या जीवनको अन्त्य गर्दा, मानिस एक्लै हुन्छ,सधैं।
त्यस्तै जिन्दगीका पाङ्ग्रारुपी रथहरू पनि सधैं कसरी पो डबल भएर गुड्थे होला र !
म आश्चर्यचकित भइनँ बिछोडमा।
टुक्रिएको मुटु,च्यात्तिएको दिल सम्बन्धरुपी धागोले सिलाउन माहिर मेरो लागि त्यस्ता बिछोडले केही क्षणभर नमीठो धक्का देलान्।
तर म मर्माहत भइनँ। र, हुनेछैन।

एकान्तप्रेमी ‘म’ लाई तिमीले कसैगरि दुक्लो त पार्यौ, तर त्यो फगत क्षणभङ्गुरको थियो, जसलाई नतिजाले ढकढक्याउदैछ।
म,परिणाममा जान चाहन्न, तर हामी च्यातिनुपर्थ्यो र भयो त्यस्तै।

जीवनको झिनो अध्याय सकिएको छ।
अब तिमीले सुनौलो र चम्किलो यात्रा सुरू गर्न सक्छ्यौ।
यो चाहीँ नठाने, मबिना तिमी वा तिमीबिना म जहिल्यै अपूरो रहनेछौं। हामी भेटिएको नै केही महिना न भएथ्यो, भने जिन्दगीरुपी सडकमा एकअर्काका नामोनिसान रहन पनि नसक्ला नि, त्यसैले।

हामीले बलियो निर्णय लिनुपर्थ्यो, बिछोडको।
लिइयो।
अब त तिमीले आफ्नो बाटो पहिल्याउनु पर्छ। मैले आफ्नो।
हामीले नितान्त फरक बाटोहरू हिड्नैछ।र, त्यो फरक हुनेछन्।

होला,
कुनैदिन भेटपनि,एकआपसमा।
तर,
हामीले तर्किएर हिडेकै बेश।
नराम्रो रुपमा सम्झिएपनि कुनै आपत्ति हुनेछैन।
किनकी राम्रो रुपले झन् विगत सम्झाइदिनेछ, याद गहिर्याइदिनेछ।
र,
घाउको पाप्रो उप्काएर नुन छर्किइदिनेछ।

उपन्यासजस्तै प्रेम

“म चौथो इडियट (मूर्ख) हुँ,
जो ‘थ्री इडियट्स’मा अटाउन सकेन्।”

यस्तो भ्रामक बायो बोकेको मेरो टुइटर जिन्दगीको टाइमलाइन छिरे भने, नेपालका नम्बर एक पत्रिका ‘कान्तिपुर’ र ‘नागरिक’का पूर्व(कार्यकारी) प्रधानसम्पादक (सम्पादक-कान्तिपुर) नारायण वाग्ले रनभुल्लमा पर्नेछन्। उनै नारायण वाग्ले, जसले यौटै साहित्यिक कृतिबाट नेपाली साहित्यमा आधुनिक क्रान्ति ल्याएका थिए, साहित्यिक जोश र उत्साह भरेका थिए।
वाग्लेले कम्तिमा एकपटक आफ्नो टाउको समाएर ‘मैले कहिले मूर्खको किताब लेखेछु’ भन्न सक्नेछन्।किनभने, खुद म स्वयं आफैले “आफ्नो जीवन नारायण वाग्लेकृत ‘पल्पसा क्याफे’सँग मेल खाने” लेखेको थिएँ।
अथवा,
बिक्रीदेखि प्रसिद्धि, व्यापक कमाएको अमरअजर कृति ‘पल्पसा क्याफे’का सर्जकलाई यस्ता झिनामसिना कुराले कुनै प्रभाव नपार्न सक्छ।
किनकी,
आकाश छोइसकेका व्यक्तिलाई धरतीको धूलाको वास्ता नहुन सक्छ।
तर,
मलाई भने, नारायण वाग्ले र उनको ‘पल्पसा क्याफे’ले जीवनभर घुमाउनेछ,प्रभाव पार्नेछ,माथिङ्गलमा घुमिरहनेछ, आफ्नै जीवनसँग मेल खाने र हुबहु जीवनीजस्तो लागेकाले।
होला,
नारायण वाग्लेका ‘पल्पसा क्याफे’मा मुखारित शब्दहरू पूरै नमिल्लान्।परिवेश भिन्न होला, पात्र र तिनका जीवनका मोडहरू फरक होलान्।
र, अन्त्य नमिल्ला।
तर,यौटा कल्पनामा डुबेर लेखिएको किताब कसैको जीवनमा, प्रेममा मिल्ने बनेर आयो भने, त्यसलाई कदर गरिनुपर्दछ,
र,म सदैव नारायण वाग्लेलाई मनैदेखि गुरु मानेर पुज्नेछु, साथै ‘पल्पसा क्याफे’लाई पनि।
मेरो नाम दृश्य नहोला,
प्रेमिका पल्पसा नहोलिन्,
तर,
त्यो संयोगवादी प्रेम,
मेरोजस्तै छ,
अथवा ‘पल्पसा क्याफे’ पढेरै व्यवहारमा उतारेँ हुँला।
त्यस्तै त्रासद समय, मुलुकको, मेरो परिपक्व उमेरको दृष्टिकोणसँग ठ्याक्कै मिल्छ।
जीवनका क्यानभासमा ती रंगहरू मेल नखालान् पूरै, तर जति मिल्छ,एकदमै मिल्ने छ।
गोवामा कुर्सीबाट ‘पल्पसा क्याफे’ सुरु भएझैं, ‘जिरो ट्विटर’ स्कीमबाट सुरु भएको सक्रिय ट्विटर अभियानले नयाँ मोड लियो, उनलाई भेटियो र सम्बन्धको रूप लियो।
बाँकी जादैँछ,
हराउँदैछ,
विस्तारै।
सम्बन्धहरू बनाउने, बीचमै छाडेर गुमनाम भइदिने, सपना देख्ने/देखाउने तर पूरा नगर्ने अनि शब्दमार्फत मनसँग खेल्ने, यस्तै गुणहरु दृश्य र किरण दुवैलाई म्याच गर्ने छ।
र,
उनै नारायण वाग्लेको अमर ‘पल्पसा क्याफे’लाई म कुनै सम्मान दिन त सक्दिनँ।
तर,
कुनैदिन मेरी सानी छोरीको नाँउ “पल्पसा” राख्नेछु र बाबुको प्रेम पनि सुनाउँनेछु।
उसलाई त्रासद समयको बोध भने दिनेछैनँ,
बरू,
प्रेममय(प्रेमिल) वातावरणमा हुर्काउनेछु।

गाउँ र मन

अचेल गाउँ सुनसान देखिन्छ।छन त सबथोक छ,घर छ,खेतबारी छ,जङ्गल छ,चराचुरुङ्गी छन्।तर, केवल निर्जन र निर्जीव शान्ति,सुनसान,कोसौं टाढाको खोला सुसाएको र टाढाटाढा बच्चा निदाओस् भनेर आमाले गाउने लोरीबाहेक केही नसुनिने।हैट!! मैले यस्तो मूर्दा शान्ति पहिले नदेखेकोले हुनसक्छ,यस्तो उकुसमुकुस भएको,मन आत्तिएको।शहरमा बजेट घाटामा नजाओस् भन्नका खातिर बिप्रेषण(रेमिट्यान्स)को मज्जाले समर्थन गर्नाको परिणाम होला,सायद।

सशस्त्र युद्ध (माओवादीको भाषामा जनयुद्ध) देखेभोगेपनि,त्यसको ज्वालाले,झिल्कोले पिल्सिएपनि मेरो गाउँ भरिपूर्ण थियो,आफन्तजन टनाटन हुन्थे,प्रत्येकदिन मेला लागेजस्तो देखिन्थ्यो।पैसारुपी धनको दु:ख त थियो।
तर, थियो मन,खुसी,आपसको प्रेम,सद्भाव अनि मज्जाको मेलमिलाप।
क्या गज्जब !!
तर,सबैलाई सबथोकले त पुग्दैन् भने,केहीथोकले कसरी पो पुग्ला र!
र,सहज जीवन,अझ् सरल जीवनशैलीको नाउँमा मेरा गाउलेहरूले सहज बहिर्गमन रोजे,बसाइँसराइ र विदेश।स्वदेशमा थालसम्म नमाझ्ने गाउलेहरू परदेशमा डेक्ची र कराई बिनाहिचकिचाहट माझ्न तल्लीन भए।उनिहरुले स्वदेशमा पठाएको पैसाले मोहनी लगाएर क्रमशः अन्य गाउलेहरू उतै तानिन थाले।परिणामस्वरूप आज,नेपाल विश्व मानचित्रमा अग्रपंक्तिमा देखिन थालेको छ,मानव संसाधन निर्यात र रेमिट्यान्स भित्र्याउनेमा।
तर,
मन भाँचिएको,कुँडिएको; मुटु बिछोडिएको,टुक्रिएको; तथा कतिको घरबारै तोडिएको अनि गाउँहरू उजाडिएको देखेर पनि नदेखेझैं,बाक्लो सिसा भएको,सुनको फ्रेमरूपी चस्मा लगाएर बसेको छ, मेरो सरकार, नेपाल सरकार।
धन्य, वाह सरकार!!
हजुरको जय होस्।
किनकी,यो तिमी एक्लैले सुल्झाउन सक्दैनौ।

यसलाई नेगेटिभ आँखाबाट हेर्न पनि पाइन्छ,पोजेटिभ आँखाबाट पनि।
विदेशिएकाले एकसरो लगाउनेलाई बाक्ला लुगाको खातमा पुर्यायो, हुँदा खानेहरू हुनेखाने वर्गमा वर्गीकृत हुन र प्रभुत्व वर्गमा गनिन थाले।
तर,गाउँमा पहिलेजस्तो सद्भाव र मेलमिलाप अनि राम्रा र खुसीका गीतहरू नगुञ्जिएको भने पक्कै हो।

जीवन, माया र विवाह

“मन परेको जुत्ता पो जुत्ता,नभए खाली खुट्टै ठीक”
रंगकर्मी निर्देशक रामबाबु गुरुङको उत्कृष्ट उत्पादन ‘कबड्डी’मा नायक दयाहाङ राईले बोलेको यो संवादले सर्वाधिक मन छोयो,मेरो,गतवर्ष।
यसो हेर्दा परम्परागत उखान ‘खुट्टा भए जुत्ता कति कति’को जवाफजस्तो देखिएपनि गहिरिएर भाव बुझ्ने हो भने, मन पराएको र मन परेको माया नपाए त्यसको पूर्ति वैकल्पिक मायाले दिनसक्दैन्।आफुले चाहेको मान्छे वा माया नपाएकाले आवेगमा गर्ने जिन्दगीको त्रासद अन्त्य,केवल क्रुर ठट्टामात्र हुनसक्दैन्।
होला,रुपवान् मायाले मन बुझ्ला,विगत बिर्सिएला;तर त्यो असाध्यै क्षणिक र आत्मघाती कदम हो जस्तो मलाई लाग्छ।
मन पराएर माया गाँस्नु अनि विवाह गर्नु र मागी विवाहपछि प्रीति बस्नुमा धेरै फरक छ,जति शब्दमा छ,सायद शब्दभन्दा पनि अझ् धेरै।
भावना बुझेर पारिवारिक बन्धनमा बाँधिनु(प्रेम विवाह) र परिवार बुझेर जिन्दगी गुडाउनु(मागी विवाह) फरक कुरा हो।
भावना मिलेर बस्ने प्रेममा सँगसँगै बाँच्ने र जिन्दगीको रथ नछुट्टिकन हाँक्ने अनि एकअर्काको लागि बलिदान दिन पछि नपर्ने कसम खाइएको हुन्छ।
त्यस्तो अगाध मायामा बिछोड आइहाल्छ नि,कुनैबेला,दुनियाँको आँखा लागेको प्रेममा।
तर,आपसमा आउने सानातिना असमझदारीबाट सिर्जित विश्वासरुपी खाल्डाखुल्डी पुर्न असक्षम परिस्थितिको नतिजा हो, बिछोड,वियोग अनि बिलौना।
विवाहअघि दुई मनको मिलनलाई बोझ ठान्नेहरू आफैंमा धरतीका यौटा बोझका सुन्दर नमूना हुन्।
किनकी, मनै त हो,माया र भावना साटफेर गर्न जहिल्यै तल्लीन हुन्छ।

हुनसक्छ,कुनैबेला मलाई मागी विवाहले अँगाल्न पनि सक्ला, भागी विवाहले पनि।
जे पनि सम्भव हुनसक्छ।
र, मैले हतारोमा (सायद) अँगाल्ने विवाहले मलाई रुवाउला वा हसाँउला।
हाँसेर बाँच्ने प्रयास गर्नेछु।
र,
म मागी विवाहको पक्षपोषण गर्नेछु भलै प्रेमविवाह गर्ने मन भएपनि।

Where my Destiny Lies?

Where my destiny lies?

I once said on my facebook page,
‘No matter Where you are? or “Who you are?”
But “How you are?” is the matter of concern.’

Yes,absolutely,
I’m still in the same mind that,how the asthetic or physical matter affects,is negligible.
But, I always prefer the behave;spirit;the meaning of speech,but not the speech,whether it is by too impressive speaker.

I always dreamt about the RUN.
And,always wants to run,whether it might be too slow or retards with my every steps or it is too fast.

Gentle people,
Back to my childhood,I wants to be an eagle,at that phase,to fly in the sky.
Means,I dreamed about flew,fly,flying.
But,every dreams has some life span.It’ll matured with the time.
Perfectly,I dreams the destiny of my life,I’ve to pave it,chase it slowly.
As the time elapses,dream can be transformed to more complex form, simplicity on dream goes farther by farther.

Once,I felt,I was in love,with pretty faced,cute,beautiful face.
But,the sadistic theme it longed just one and a half month,nearly six weeks without any perfect date,It ended with break up.
Simple reason behind split is,negligence & more willing from each other. Its so painful that,I unable to return my day-to-days normal work even.It’s so tragedious at that period for me.
As the time past,the sweet or bitter memories erases from mind and I escaped from that darkest hours.
Then,another pretty face knocks my life,I tried to neglect her.
I’d fear from girl,I wanted to ran away from her.
So,I tried to Ran away from her.But,my little effort bowed to true love.
And,the love goes slowly.
It’s sure that,one day,I’ll engaged & marry with someone.But,I’m too raw in love.
I’ve to balance my study as well.
After the Bachelor graduation,I’d no any perfect destiny.It’ll be either Governmental sector,or Private sector or abroad for study & work.
The third one is the my best dream & I’ve to ripe it, I’ll follow it.
I’ve to compete the world,not with my friends,not in Nepal.
Excellent RUN will make a man perfect.
So,I’ve to pave it,chase it.

But, for now,wait with time.
Because,still don’t know,where the time drags myself…

chase it,dreams

आजको दिन सबसे सफल र शुभ रह्यो,भनेर म
भन्दिनँ।किनकी,औषतभन्दा माथि उठ्न सकेन
नै,दिन,सामान्यझैं रह्यो।दिनको उल्लेखनीय
पक्ष, म नराम्रोसँग
लडेँ,घुँडाको पाङ्ग्रा खुस्कनेगरि।
हात,पाखुरा,ढाड र घुँडा प्रत्येक नराम्रोसँग
ढुङ्गामा बज्रियो भने,तीन
पल्टा पनि मज्जाले खाइयो।
म उत्साहित भएर पिङ खेल्न
जानाको परिणाम थियो यो। मैले
कम्तिमा मनलाई सम्हालेर चुपचाप काम गर्न
सक्नुपर्थ्यो, यसमा म पूर्णरूपमा असफल रहेँ।
अरूलाई देखाउनकै लागि पिङ मच्चाएँ,सफल
भएँ,प्लानमा, तर लगत्तै
दौडको गलपासोमा म नराम्रोसँग फसेँ।
मैले राम्रोसँग स्टेप लिन सक्नुपर्थ्यो,
त्यो पनि हलुवाबेदको रुखपर
ठूलठूला ढुंगालाई छिचोल्न सक्नुपर्ने,तर पुरै फेल!!
मैले शरीरका चोटहरूलाई त्यति महत्त्व
दिएको छैन्।किनकी, तिनलाई
वास्ता गर्दा अरूलाई पिर पर्न सक्छ।
तर,भोलि थाहा हुनेछ
यो चोटको पीडा,आज सुतेपछि। म उठ्नसमेत
सकेको थिइनँ लडेपछि।पाँच मिनेटजति त कुनै
पाइला चल्नसमेत सकेका थिएनन्।
तर, यसो भन्दैमा म कहिल्यै दौडन छाड्नेछैन्।
किनकी,यस्ता चोटपटक त लाग्दै गर्छन् नि,
सपना(लक्ष्य)मा पो चोट पुर्याउनु हुन्न,ठेस
लगाउनु हुन्न।
मलाई फाल्गुन ७ गते कान्तिपुर पब्लिकेसनले
आयोजना गर्ने खुला हाफ म्याराथन दौडनु
छ,र, आफूलाई चिनाउने
सुनौलो प्लाटफर्मको सदुपयोग गर्नु पनि छ।
लक्ष्य त मेरो छोटो दौड नै हो,
सय,दुईसय,चारसय,आठसय,पन्ध्रसय मिटर हुँदै पाँच
हजार मिटर।
र,मैले कुनै दिन
ओलम्पिकमा राष्ट्रको झन्डामुनि रहेर
दौडेको सपना देख्दैछु।अझ् केन्याका मो फराह
र बेलायती डेविड रुडिसियासँग कुनैदिन
यौटै ट्य्राक(track) नाप्न सकुलाँ। कुनैदिन
सार्थक पनि पार्न सक्नेछु आफ्ना सपनालाई।
तर,अहिले भावनामा बहकिनुभन्दा, कुनै
चलचित्र हेरेर थोरै प्रभावित हुनुभन्दा, मन र
आफुलाई रोकेर अझ कठिन श्रम र अरू परिश्रमहरू
गर्नु छ।
र,
धावक बन्नु छ।
के थाहा,समयले कसलाई कहाँ पुर्याउछ भनेर…
(Note:- These feelings are created on last
midnight.Today,the wound’s pain are
substituted by dream,sweet dreams…)

म आज,हिजो र भोलि

आज म
आफैंबाट
एक्लिएको छु
टाढिएको छु
पोलिएको छु
उसिनिएको छु
तासिएको छु
रुमलिएको छ
हराएको छु
भौतारिएको छु।
आफैंभित्र
डढेको छु
जलेको छु
उप्किएको छु
अझ्
जीवित छैन्
आफ्नै नजरमा,
फगत
आफ्नै नजरमा।

तर,
हिजो
यस्तो थिएन
पक्कै थिएन
पटक्कै थिएन।
किनकी
मभित्र ‘म’ थिएँ।
आत्मा थियो
रुप थियो
सौन्दर्य थियो
मन मुटु थियो
बाँच्ने आस थियो
उन्नतिको लोभ थियो।
किनकी
त्यहाँ
मेरो जीवनमा थियौ
तिमी
माया
जिन्दगी।
चारैतिर म तिमी देख्थेँ
तिमी सुन्थेँ
तिम्रै यादमा डुबिरहन्थेँ।
जहाँ
तिमी ‘तिमी’ थियौ
मेरो बाच्ने आस थियौ
मैले फेर्ने सास थियौ।
र त,
म थिएँ
तिम्रो निम्ति
तिम्रो लागि,
बाँचेको,
केवल
तिम्रै लागि।

हिजोका मिलन
आजका बिछोड
यादरुपी
सिरक ओडी
सुत्नुछ।
आज
आफैंलाई सान्त्वना दिदै।
किनकी,
भोलि
फेरि उठ्नुछ
हिड्नुछ
जीवनयापन गर्नुछ।
मैले
घिटघिटो सास फेर्नुछ
स्वाँ स्वाँ गर्दै।

अझ् धेरै हिड्नुछ
लुसुलुसु गर्दै।

फेरि
आफैंभित्र
हराएको ‘म’ लाई
खोज्नुछ
मरेको ‘म’लाई
ब्युँताउनुछ।
र त
बाँच्नुछ
अनि
मर्नुछ
आफ्नै लागि।