चिन्टु

प्यारी छोरी,

यो दु:खी काकाको शुभ प्यार ल,

तिमी संसारकै राम्री र प्यारी छोरी हौ। तिमी जन्मदाको पहिलो हप्ता मेरो जिन्दगीकै उत्कृष्ट क्षण हो। तिमी ठूली भएपछि काँधमा बोकेर हिड्ने र बाइकमा सानों हेल्मेट लगाएर अगाडि राखेर दौड़ने ठूलोधोको छ। न्वारानपछाडी तिमी मावला गएपछि मलाई शून्यताले छोपिरह्यो। तिम्रो मुस्कान मेरा मन मगजभर आइरहे अनवरत।

Advertisements

मागी र भागी प्रेमविवाह अनि जीवन

“मन परेको जुत्ता पो जुत्ता,नभए खाली खुट्टै ठीक”
रंगकर्मी निर्देशक रामबाबु गुरुङको उत्कृष्ट उत्पादन ‘कबड्डी’मा नायक दयाहाङ राईले बोलेको यो संवादले सर्वाधिक मन छोयो,मेरो,गतवर्ष।
यसो हेर्दा परम्परागत उखान ‘खुट्टा भए जुत्ता कति कति’को जवाफजस्तो देखिएपनि गहिरिएर भाव बुझ्ने हो भने, मन पराएको र मन परेको माया नपाए त्यसको पूर्ति वैकल्पिक मायाले दिनसक्दैन्।आफुले चाहेको मान्छे वा माया नपाएकाले आवेगमा गर्ने जिन्दगीको त्रासद अन्त्य,केवल क्रुर ठट्टामात्र हुनसक्दैन्।
होला,रुपवान् मायाले मन बुझ्ला,विगत बिर्सिएला;तर त्यो असाध्यै क्षणिक र आत्मघाती कदम हो जस्तो मलाई लाग्छ।
मन पराएर माया गाँस्नु अनि विवाह गर्नु र मागी विवाहपछि प्रीति बस्नुमा धेरै फरक छ,जति शब्दमा छ,सायद शब्दभन्दा पनि अझ् धेरै।
भावना बुझेर पारिवारिक बन्धनमा बाँधिनु(प्रेम विवाह) र परिवार बुझेर जिन्दगी गुडाउनु(मागी विवाह) फरक कुरा हो।
भावना मिलेर बस्ने प्रेममा सँगसँगै बाँच्ने र जिन्दगीको रथ नछुट्टिकन हाँक्ने अनि एकअर्काको लागि बलिदान दिन पछि नपर्ने कसम खाइएको हुन्छ।
त्यस्तो अगाध मायामा बिछोड आइहाल्छ नि,कुनैबेला,दुनियाँको आँखा लागेको प्रेममा।
तर,आपसमा आउने सानातिना असमझदारीबाट सिर्जित विश्वासरुपी खाल्डाखुल्डी पुर्न असक्षम परिस्थितिको नतिजा हो, बिछोड,वियोग अनि बिलौना।
विवाहअघि दुई मनको मिलनलाई बोझ ठान्नेहरू आफैंमा धरतीका यौटा बोझका सुन्दर नमूना हुन्।
किनकी, मनै त हो,माया र भावना साटफेर गर्न जहिल्यै तल्लीन हुन्छ।

हुनसक्छ,कुनैबेला मलाई मागी विवाहले अँगाल्न पनि सक्ला, भागी विवाहले पनि।
जे पनि सम्भव हुनसक्छ।
र, मैले हतारोमा (सायद) अँगाल्ने विवाहले मलाई रुवाउला वा हसाँउला।
हाँसेर बाँच्ने प्रयास गर्नेछु।
र,
म मागी विवाहको पक्षपोषण गर्नेछु भलै प्रेमविवाह गर्ने मन भएपनि।

सुनसान गाउँ,उसिनिएको मन

अचेल गाउँ सुनसान देखिन्छ।छन त सबथोक छ,घर छ,खेतबारी छ,जङ्गल छ,चराचुरुङ्गी छन्।तर, केवल निर्जन र निर्जीव शान्ति,सुनसान,कोसौं टाढाको खोला सुसाएको र टाढाटाढा बच्चा निदाओस् भनेर आमाले गाउने लोरीबाहेक केही नसुनिने।हैट!! मैले यस्तो मूर्दा शान्ति पहिले नदेखेकोले हुनसक्छ,यस्तो उकुसमुकुस भएको,मन आत्तिएको।शहरमा बजेट घाटामा नजाओस् भन्नका खातिर बिप्रेषण(रेमिट्यान्स)को मज्जाले समर्थन गर्नाको परिणाम होला,सायद।

सशस्त्र युद्ध (माओवादीको भाषामा जनयुद्ध) देखेभोगेपनि,त्यसको ज्वालाले,झिल्कोले पिल्सिएपनि मेरो गाउँ भरिपूर्ण थियो,आफन्तजन टनाटन हुन्थे,प्रत्येकदिन मेला लागेजस्तो देखिन्थ्यो।पैसारुपी धनको दु:ख त थियो।
तर, थियो मन,खुसी,आपसको प्रेम,सद्भाव अनि मज्जाको मेलमिलाप।
क्या गज्जब !!
तर,सबैलाई सबथोकले त पुग्दैन् भने,केहीथोकले कसरी पो पुग्ला र!
र,सहज जीवन,अझ् सरल जीवनशैलीको नाउँमा मेरा गाउलेहरूले सहज बहिर्गमन रोजे,बसाइँसराइ र विदेश।स्वदेशमा थालसम्म नमाझ्ने गाउलेहरू परदेशमा डेक्ची र कराई बिनाहिचकिचाहट माझ्न तल्लीन भए।उनिहरुले स्वदेशमा पठाएको पैसाले मोहनी लगाएर क्रमशः अन्य गाउलेहरू उतै तानिन थाले।परिणामस्वरूप आज,नेपाल विश्व मानचित्रमा अग्रपंक्तिमा देखिन थालेको छ,मानव संसाधन निर्यात र रेमिट्यान्स भित्र्याउनेमा।
तर,
मन भाँचिएको,कुँडिएको; मुटु बिछोडिएको,टुक्रिएको; तथा कतिको घरबारै तोडिएको अनि गाउँहरू उजाडिएको देखेर पनि नदेखेझैं,बाक्लो सिसा भएको,सुनको फ्रेमरूपी चस्मा लगाएर बसेको छ, मेरो सरकार, नेपाल सरकार।
धन्य, वाह सरकार!!
हजुरको जय होस्।
किनकी,यो तिमी एक्लैले सुल्झाउन सक्दैनौ।

यसलाई नेगेटिभ आँखाबाट हेर्न पनि पाइन्छ,पोजेटिभ आँखाबाट पनि।
विदेशिएकाले एकसरो लगाउनेलाई बाक्ला लुगाको खातमा पुर्यायो, हुँदा खानेहरू हुनेखाने वर्गमा वर्गीकृत हुन र प्रभुत्व वर्गमा गनिन थाले।
तर,गाउँमा पहिलेजस्तो सद्भाव र मेलमिलाप अनि राम्रा र खुसीका गीतहरू नगुञ्जिएको भने पक्कै हो।

मनमोहक संगीत

बिटल्स होस् वा रोलिङ स्टोन,
मेटालिका वा मेगाडेथ,
निर्भाणा होस् वा डिप पर्पल,
अथवा लिङ्किन पार्क,
वा ग्रिन डे,

गीतसंगीत प्रायः सबै ब्याण्डको सुन्छु

सबै खालका गीत मन पन पर्छन्
एकाधबाहेक।
तर,बिथोबियन र मोजार्टका धुनहरू सुन्नुपर्छ,
एकान्तमा,
आँसु झरेको पत्तो हुदैन्।
किन त??
उनिहरूले भोगेको दु:खलाई धुन भरे,
जीवन दिए,संगीतको।
बिथोबियन र मोजार्टबिना संसार चलेको झण्डै डेढ शताब्दीबढि भइसक्यो।
तर,
बिथोबियन र मोजार्टलाई संगीतमा टक्कर दिने अर्को नाम भेटिएको छैन् जस्तो लाग्छ।
महान् संगीतकार मोजार्टले कानको समस्याले गर्दा आफ्ना उत्कृष्ट उत्कृष्ट सृजना सुन्न पनि पाएनन्।
कम्ता पिडादायी समय(कालखण्ड) वा क्षणबाट गुज्रिएनन् होला,
यौटा कलाकारलाई आफ्नो कलाकारिताको ‘फिडब्याक’ देख्न नपाउँदा,
विचरा मोजार्ट,
यी शब्द कोर्दा मेरै त परेली भिजे भने,
धन्य मोजार्ट।

अझ् गरिबीले जर्जर बिथोबियनलाई पिडादायी गीतले मल्हम पटक्कै लगाएन्।
तर,
यौटा कुरा भने पक्कै हो,
विश्वसंगीतमा आफ्ना पुर्खाको नाम अझैसम्म चम्किलो देखेर बिथोबियन र मोजार्टका सन्तानहरूका शीर पक्कैपनि ठाडो हुनेछ।
र,
उनिहरूले बिथोबियन र मोजार्टको गुणगान गाउँदा स्वर्गबाट मोजार्ट र बिथोबियन मुस्काउँदा हुन्
चराजस्तै चिरबिर गरेर,
मधुर रूपमा।

In the name of Keki Adhikari

Dearest person of my life,

When I wake up early in the morning, I see you around ’cause you’re on my wallpaper of all gadgets plus big poster in front of my bed. Your smile is more important to me for stand up and rise… I’m literally falling in love with you beb …

it’s true you’re senior than me in every aspect but still you are just a collaborative person to me badly in my perspective… I never fall in platonic love because my heart bounces for you, Your smile, 4’10” height and that killer smile again…(smile) I’m big fond of you.

One day, I’ll meet you to open my door of love with you…

पर्खी बसे…

कान्छी,हिजो तिमीले पठाएको उपहार आज सबेरै पाएँ।

खुसी लाग्यो,

मेरालागि भनेर दु:ख गरेकोमा।

उपहार खोलेर हेर्दा मनमा अनेकन तर्कना आइरहे… ती उपहार तिम्रा हातका ठेलाले सिर्जित थिए, भने कोमल थाप्लोमा नाम्लोको डाम बनेर चुहिएका पसिना र बिछोडस्वरूप झरेका साउने झरीजस्तै आँसु उपहारमा मिसिएका थिए।

प्रत्येक पल्ट उपहार हेर्दाहेर्दै म अनायासै भावुक बन्न पुगेछु, माफी चाहन्छु।
कान्छी,

हामी असाध्यै छोटो समयका लागि साथ रह्यौं,

 तर जीवनमा यौटा कठीन मोडमा छुट्टियौं जहाँबाट न हाम्रो मिलन हुन्थ्यो न त यादका झोक्काहरू विश्राम लिन्थे।

बरु बन्थे, पिडादायी अतीत, अश्रुपूर्ण विगत र एक्लो भविष्य …
कान्छी,

जीवनमा हिडिने बाटोहरू, अँगालिने नयाँ गोरेटोहरू र सपनारूपी सोचहरू कहिल्यै पनि आफूले सोचेजस्तो, चाहेजस्तो नहुने रहेछ।

हाम्रो मिलन (?) उर्फ प्रेम(?) उर्फ मायाका रंगीन क्षणहरू असाध्यै थोरै समयका थिए, एक हप्ताको।

मौसमी प्रेम न थियो त्यो, तर थियो निर्दोष, स्वार्थरहित र सदाबहार स्मरणीय हुने खालको।

तिमीसँगको मेरो प्रेमले औपचारिकता नपाउँदै एकादेशको कथा बनेर टुंगियो, असाध्यै पिडादायी नतिजा सुम्पिएर।

मेरो जिन्दगीमा घटेको त्यो घटनाले मलाई आफैंबाट उडाएर हरायो,

तिमीसँग बिछोड दियो,

आँसु उपहार दिएर।

सायद,

मेरो भाग्यमा तिमीलाई पाउन लेखेको रहेनछ र त हाम्रो प्रेमिल कथाको निर्मम अन्त्य भएको। गल्ती मेरै थियो, भावीले छैठौंमा यस्तै लेखेको थियो र पो यात्रा र धड्कनले वीपरित मोड लिएको।

गल्ती मेरै थियो,

तिम्रा कैयौं लामा क्षणहरूमा मैले काँढेतार लगाइदिएँ,

 सुन्दरतम् गोरेटोहरू भत्काइदिएँ,

र तिम्रो सपनामाथि खेलवाड गरें।

माफी चाहन्छु।
हाम्रो कथित प्रेम सुरू भएको चौथोदिन तथा अन्त्यको तीन दिन अघि मैले यौटा स्टाटस् अपडेट गरेथें, “पर्खी बसें मेरी मायालु, समयले कसलाई कहाँ पुर्‍याउछ भनेर…” 

समयले हामीलाई धेरै थोक देखायो, लोभ्यायो,

अनि जिस्क्याएर गयो, टाढा …टाढा।

हाम्रो प्रेमको च्याप्टर अन्त्य भएदेखि मैले नयाँ च्याप्टर सुरु गरेको छैन् र चाहना पनि त छैन्।

आखिर ” जसलाई म चाहें, पाउन सकिनँ…, जसलाई म पाएँ, त्यो चाह होइन्… अतीतलाई सम्झी नरोइरहनु तिमी, जति रोएनी हाँस्नु त पर्दोरहेछ …”
कान्छी,

तिम्रो जिन्दगीमा म र मेरो जिन्दगीको कथामा तिमी नभएपनि जिन्दगीमा कहिल्यै नरुनु, हाँस्नु, आफ्ना दु:ख पीडा मनैमा राख्नु, कसैलाई नसुनाउनु,

 हाँसेर बाँच्ने कोसिस गर्नु, बालबच्चाको राम्रो स्याहार गर्नु, राम्रोसँग पालनपोषण गर्नु…
कान्छी,

तिमीबिनाको यो जीवन एक्लै बिताउन चाहन्छु।

अहिलेसम्म त सकेकै छु, बाँकी जिन्दगी पनि सोही अनुसार लम्ब्याउने कोसिस गर्नेछु।

आखिर माछोबिनाको पोखरीको के काम…

मरुभूमिसरी जिन्दगीमा हरियालीको के अर्थ…
सायद, के थाहा,

यो जूनीमा हाम्रो मिलन नभएपनि अर्को जूनीमा हामी साथ रहन सक्छौं कि कतै ???
-उहीँ,

कान्छा।

गजल

शरीर दुईवटा भएपनि

मुटु यौटै भनेको थिएँ।

त्यतिसम्म माया दिएँ,

जति मैले जानेको थिएँ।
माया के हो थाहा थिएन्

तिमीबाटै जानेको थिएँ।

खेल भन्यौ तिमीले माया,

मैले सबथोक मानेको थिएँ।
बिन्ती मेरो फिर्ता लैजाऊ

माया जस्तै याद पनि।

कि मरौंला तिम्रै नाममा,

कि बाँचौला खुसी बनि।
पानबीनाको रुख हुँ म

छहारीको आश नगर।

मरिसकेको जिउँदो लास हुँ म,

माया पाउँने आस नगर।
बादल बनी आकाशमा उडेको थिएँ

पानी बनी खस्नु पर्यो।

आफन्त भनी सम्झेको थिएँ,

बिछोड भई बस्नु पर्यो।
तिमी अर्कोलाई रोज प्रिय

म तिम्रै प्रतीक्षामा बाँचेको छु।

तिमी अरूको संसारमा रमाउनु प्रिय,

मेरो चोखो माया तिमीलाई साँचेको छु।
खोला बगी गए पनि

बालुवा रहिरहन्छ।

जति टाढा भएपनि प्रिय,

याद आइरहन्छ।
फूल फुल्यो भन्दैमा टिपी नहाल्नु।

प्रियतम टाढा छ भन्दैमा बिर्सी नहाल्नु।।
O.K.Bye…

I wish it was you

Dear,

Just second day of my arrival has past, I am expecting days will be different from one another, I was albeit fed up from monotonous work.

To bring something new and special one, God landed you, I thought.

When i first glare at you, I was reeling on my past. My old memories and flash back pinched me badly and utterly… I was so excited to see you as my next adaptation (or mistake ??…I swear).  That period of Time was real contradiction and full of dilemma.

You’re junior and still a wonder girl means I passed your age and time but it was completely different… we worked for living, you works for creating happiness for others…

Personal troubles and shortcomings will makes us Great…

And I just wanna say,

“You’re on the verge of becoming the great, dear little girl…”
-with lots of love,

Me
(I’ll carry tragic but unforgettable memory in my heart)

भाव : (२०७१)

कलेज :-

स्नातक पढ्दा यस्तो कुनै हप्ता आएन्

जुन हप्ता म कक्षा सुरु हुनुअगावै कलेज पुगेको होस्।

हप्ताको तीन दिन प्रायः म ‘मे आइ कम इन सर?’ भन्दै

प्रवेश गर्छु।

बाँकी दुई दिन अघिल्ला दिनको गालीले छिट्टै पुग्छु र

अन्तिम दिन धेरै ढिलो भएर बाहिरै बस्छु।

आज :-

छिट्टै उठेपनि घरको सामान्य धन्दापात गर्दागर्दै साँढे छ

बजिसकेथ्यो,कलेज

भ्याउनुपर्ने सातबजे।

यस्तोमा तुफान नदौडी धरै थिएन्।

तर फुटबल खेल्दा खुट्टामा सानो चोट भएकाले ‘पढाईसढाई

भाँडमा जाओस्’

भन्दै विस्तारै जाँदैथिएँ।

कलेज पुग्न पाँच मिनेट बाँकी हुँदा सात बजिसकेथ्यो।

रोड क्रस गर्न जेब्राक्रसतिर

डोहोरिदा आँखा अघिल्लो पैदलयात्रीमा परे,जसबारे म

पूर्णरूपमा अनभिज्ञ थिइनँ,अहँ पटक्कै।

उनी अर्थात् अघिल्लो पैदलयात्रीलाई म विगत दुई

वर्षदेखि देख्दै आएको थिएँ,

भलै भलाकुसारी भएको थिएन् अझैपनि।

उहीँ अनुहार,उहीँ जिउडाल,

उहीँ डरमिश्रित लज्जालु स्वभावलाई मैले पछ्याउँदै

गएँ,लुकामारी खेलेझैं।

कलेज पुग्नै लाग्दा फरक बाटोबाट हिडेका हाम्रो जम्काभेट

भयो,गेटैमा।

आँखामा झट्का दिएर।

आश्चर्य र स्तब्ध हुने पालो दुवैको थियो,भइयो।

अनि उनी लागिन् ल्याबतिर,म कक्षाकोठातिर।

तर,

दिनभर उनकै मुहारले सताइरह्यो,याद बनी।

दुई वर्षअघि :-

नयाँ आएका भाईबहिनीको स्वागतार्थ “वेलकम प्रोग्राम

२०६९” मा मैले अरू सातजनाको हुलमा उनलाई देखेथें,पहिलोपटक।

कुनैबेला भीडमा यौटा मुहारलेमात्र आकर्षित गर्छ,

त्यै आकर्षणले तानिरहन्छ,गुरुत्वाकर्षणले तानेझैं।

त्यो मुहार अचाक्ली सुन्दर त थिएन्

तर सुन्दरताको लेसमा कुनै कमि थिएन्।

उनिसँग हल्का आँखा क्रश गरेर मुटुमा राँको बालिएकै हो,उसबेला।

तर, ठ्याक्कै आजकै दिन म उनको पिछा गर्दै रहेछु।

घरनजिकै उनलाई पछ्याउँदै कसरी बाटो तताइसकेछु,आज

सम्झिदाँ उदेक,अवाक र प्रफुल्ल हुन्छु म।

करीब एक महिनासम्मको लुकामारी र फेस्बुकाँ नाउँ

सर्चेर एक हप्ताको पेण्डिङ बसाइपछि म आफ्नै

दुनियाँमा फर्किएँ,उनी आफ्नो दुनियाँमा।

खासमा,

मलाई यो रिलेसनसिपमा कुनै इच्छा थिएन् र छैन् अझैपनि।

तर कहिलेकाहीँ कुर्न मन लाग्दोरहेछ।

जिन्दगीमा कसैलाई आफ्नो बनाउँन मन लाग्दोरहेछ,ऊ पराइ

भएपनि।

अनि कसैको मुहार सम्झदैं मनमा मीठो अनुभूति

हुँदोरहेछ।
माया,

एकतर्फी होस् वा दुईतर्फी,

आखिर माया त माया हो।

हामी कलेजमा देखिन्थ्यौं,क्यान्टिनमा,गेटमा अनि परीक्षा

हलमा।

अझ् जाँचमा यौटै कक्षामा पर्दा मेरो अनुहार हेर्नलायकको

हुन्थ्यो,रातो।

कान तातो।

म जाँचमा पनि पन्ध्रमिनेट ढिलो पुग्ने,उनी पन्ध्रमिनेट

छिटो निस्कने।

फेरि उनी निस्केको बेला कापी हेर्नु कि उनलाई?

लेख्दालेख्दै म उनलाई कर्केनजरले देख्थें,

तर उनी लेख्नमै बिजी भएको देखाउँथिन्।

यसरी,

उनन्सत्तरी र सत्तरीका चौबीस

बहुमुल्य महिना एकअर्कालाई नजरअन्दाज गर्दैमा बितेछ।

फेरि,उनिसँग एकपटकमात्र जम्काभेट भएथ्यो,सडकमा।

बोल्न खोज्दा जिउ नै कामेर पसिना छुटेथ्यो,डर लागेथ्यो,ओठ

लर्बरिएथ्यो।

यस्तोमा आफैंलाई डरपोक ठानेर उनको नजरबाट आफूलाई

निकालें,

अनि लागें आफ्नै जिन्दगीको बाटो।
आज बेलुका :-

तर,

आज अकस्मात् उनिसँग जम्काभेट भएपछि मनको कुनामा रहेको

प्रेमांकुरित

भयो।

अबचैं उनिसँग आफ्नो फिलिङ्सबारे नधकाई कुरा गर्न सक्ने भएँ।

बेलुकी फेसबुकबाट रिक्वेस्ट हुदैँ सुरु

भएको मित्रता दह्रो हुने छाँटकाँट देखियो।

उनी पनि खुलेर कुरा गर्दिरहिछिन्।

फरक यति हो,म लेख्छु फिलिङ्स।

उनी कवितामा,पेन्टिङमा।

र,

मलाई त्यो मन पर्छ।

किनकि,

उनी मन पर्छ।

त्यो नभनेपनि होला नि !!

चार वर्षपछि :-

ठ्याक्कै आजकै दिन,

वि.सं.२०७७ फाल्गुन १५ गते तपाईंले मलाई भेट्नुभयो भने,

मेरो साथमा ऊ हाजिर हुनेछे।

तपाईका प्रत्येक जिज्ञासा माथिल्ला दाँतका पंक्तिले तल्लो

ओठलाई

हल्का टोक्दै बांगो हाँसो हाँसेर मृदुभाषी र कोकिलकण्ठ

निकाल्न।

त्यसबीच,

हामीले अन्तर्जातीय विवाह गर्न ठूलो पापड

झेल्नुपर्नेछ।

तर,

प्रेममा हामी कमजोर बन्नेछैनौं,

किनकी

अब यो प्रेम विगतको लुकामारीमात्रै रहनेछैन्।

रहनेछ त जीवनभरिको साथ।

अनि ऊ मेरो हुनेछे,

केवल मेरी,

जुनीभरीलाई।

(अँ साच्चीँ,

उसले मलाई भ्यालेन्टाइन डेको निम्तो दिएकी छे,

इलामको अन्तुडाँडाको।)
[नोट:-

यो भाव २०७१ सालमा कोरिएको थियो।]

​”चकलेट = प्रेम”

*यात्रा*

जिन्दगीभर गोरेटोरुपी बाटोमा दौडिरहनुपर्ने मानिसको

चोलामा कहिलेकाहीँ मनले चाहेजस्तै भइदिन्छ, लामो यात्रा

छोटो भएको भान पार्ने असल मित्र भेटिएर।

यस्तैमा श्रावणको एक दिन, निर्जन,चिप्लो,अप्ठ्यारो र

अनकन्टार बाटोको लागि ऊ साथी बनेकी थिई।

के थाहा, ऊ जीवनभरकै लागि (सह) यात्री पो बनेकी थिई कि ??

*गन्तव्य*
लगातार तीन घण्टाको सहयात्रा टुङ्ग्याउने प्रयासमा उसले

चकलेट दिँदै सँगै जाने प्रस्ताव राखी। तर, उसको गन्तव्य मेरो

गन्तव्य थिएन। मन लागि नलागि उसलाई चाँडै भेट्ने, सम्पर्कमा रहिरहने र एकअर्कालाई नबिर्सने वाचा गरेर हात मिलायौं। उसका हात नरम,नसा नर्भस थिए, औं उस्तै मेरा पनि।

त्यसपछि हामी छुट्टियौं।

ऊ उतै बसी, म यता आएँ, आ-आफ्ना सपनाका गन्तव्यतर्फ।

*बाडुल्की*
अचेल सम्झनाको संकेत दिने बाडुल्की लगातार बढिरहेको छ, दिनैन्दिन।

‘कसले सम्झन्छ र मलाई !!’ भनेर पहिला त म यस्ता कुरालाई वास्ता गर्थिनँ। तर उसलाई भेटेपछि उसकै यादले सताउन थालेको छ,ती तीनघण्टे सहयात्राका प्रत्येक शब्दहरू कानमा गुन्जन थालेका छन्

र म एक्लै मुस्काउन थालेको छु।

एवंरीतले उसलाई पनि यस्तै परेको होला।

वा,

नहुनपनि सक्छ।

*बाटो*
आफ्नो जन्मस्थल पुर्ख्यौली गाउँबाट फर्केको म, छोटो बाटो

अप्ठ्यारो भएकाले लामो बाटोबाट यात्रारत थिएँ। यौटा

धारामा पानी पिउन (खासमा पानी खान) लाग्दा मैले एकजना दाइलाई भेटेको थिएँ, र सोधेथें ‘पानी पिउन योग्य छ?’

सकारात्मक जवाफले पिएथें,धित मरुन्जेल।

त्यो दाइ उसकै दाजु थियो। जुन मैले यात्रा बिट मार्ने बखत थाहा पाएँ।

र,उसको दाजु र मेरो बुवा एकअर्कामा पूर्ण परिचित भएकाले

दाजुकै प्रस्तावमा मलाई ऊ(बहिनी) सँग यात्रा गर्न जुरेको

थियो।

के थाहा, त्यो यात्रा जिन्दगीको यौटा सुरुवात पो थियोे

कि ??

*कथा*
जीवन भोग्दै जाँदा अनेकन कथा बुनिदोँरहेछ।

यात्रारत रहँदा हामीबीच थुप्रै शीर्षकमा बातचित भए।

खासमा, म रिजर्भ टाइपको,ऊ पनि उस्तै।

तर,उसका प्रत्येक सवालको जवाफ दिँदै जाँदा मलाई ऊ मन पर्न थालेकी थिई।

र, उसले प्रत्येक कथा सुनाउँदा म उसको कथामा आफू

प्रतिबिम्बित भएको देख्थें।

उसको र मेरो प्रायः सबै कथा उस्तै उस्तै थिए, केही भागभंगिमा बाहेक।

कथाको साटफेर गरिरहँदा, हाम्रो भेट भगवानले जुराइदिएको

जस्तै लाग्यो मलाई।

*बस*
थोरै सार्वजनिक सवारीसाधन र धेरै यात्रुबीच ऊ र म यौटै सिटमा

बसेर यात्रा गर्नु असम्भव थियो,पुर्ण असम्भव:।

ऊ क्याबिनमा बसेर जाने भई, म लागें,उसका आँखाले नदेख्ने

ठाउँमा,छतमा।

छतमा अनेकौं मान्छेका भेज-ननभेज कुरा सुनिरहँदा मेरो मन भने

उसतिरै थियो।

अघि हिडेको बाटो,मैले पछ्याएको उसका पाइला,उसका कुरा…

मेरो मन ऊ बाहेक अरू सोच्नै नसक्ने पो भएछ क्यार !!

सायद, यो अस्थायी भएर पो हो की ??

वा, के यो माया हो ??!!??

*सम्बन्ध*
कुनैकुनै सम्बन्ध हिड्दाहिड्दै जुरेका हुन्छन्।

त्यसैबाट माया,प्रेम,सद्भाव फुरेका हुन्छन्।

प्रायः सम्बन्धबाट अनभिज्ञ र दूर रहने मलाई, उसँग भने सम्बन्ध गाँसुगाँसु लाग्यो।

अघिनै भनेझैं,

“हामी एकअर्काका लागि बनेका थियौं कि !!”

हाम्रो नवीनतम् सम्बन्ध उसले चिनोस्वरुप दिएको उपहारजस्तै गुलियो बनाउन चाहें।

थाहा छैन् उसले मलाई कुनरुपमा लिएकी छे ??

तर,

मेरा मनमा अगाध मायाका करोडौं छालहरू छचल्किएका छन्

उसप्रति।

*रिमेक*
पोखरेली युवा गजलकार शितल गिरीले रचेको र गायक प्रमोद खरेलले स्वर भरेको गीतलाई रिमेक गरेर गाउन थालेको छु

“म बिना कसैकसैलाई मुस्किल छ दोलखामा…

म छु आज धेरै टाढा,मेरो दिल छ दोलखामा…”

र,

*चकलेट*
उसले मप्रति कस्तो धारणा राखेकी छ, मलाई थाहा छैन्।

तर उसका मनमा पक्कैपनि प्रेम र माया छल्किएको अनुमान गर्न

चाहें।

उसले दिएको (मायाको?!!) चिनो चकलेट, म प्रत्येकचोटी हातमा लिन्छु र उसको मुहार यसैमा झल्किएको देख्छु।

चकलेट गुलियो छ, उजस्तै।

तर, मैले लाख कोसिसका बाबजुद चकलेट खान सकिरहेको छैन्।

पहिलो मायाको चिनो किन मेट्नु भनेर नि… !!

*मेरो कुरो*
(यी आख्यानहरू मेरा कल्पनाका उपज हुन्।

कसैसँग मेल खान गएमा यौटा मीठो संयोगमात्र हुनेछ।)